×

NMB BANK
NIC ASIA

माधव नेपालले भने- संसद् र संविधान जोगाउने २२ सांसदलाई सलाम, ८३ प्रति सहानुभूति

साउन ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सहयोग गरेर संविधान र संसद् जोगाउन भूमिका निर्वाह गरेको भन्दै २२ जना सांसदहरूको प्रशंसा गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘साउन ३ गते गम्भीर षड्यन्त्र भएको थियो, शेरबहादुर देउवाले जसरी पनि विश्वासको मत नपाओस्, त्यो षड्यन्त्रलाई असफल बनाएका छौं । संसद्को रक्षा गरेका छौ । संविधानको रक्षा गरेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधामन्त्रीमा विश्वासको मत दिएर नेकपा एमालेका २२ जना सांसदले न्यायोचित काम गरेको नेपालले बताए । ‘जसले संसद् जोगाए, जसले संविधान जोगाए । उनीहरूलाई सलाम छ,’ उनले भने, ‘न्यायपालिकाको गरिमाको रक्षा गरेका छौं । यो बडो जायज काम गरेका छौं । न्यायोचित काम गरेका छौ । मसँगै जोडिएका मेरा पार्टीका सांसदहरूलाई विशेष अभिवादन गर्न चाहन्छु, म सलाम गर्न चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने ११ जना सांसदको पनि सराहना गरेका छन् । उनले भने, ‘मतदानमा उपस्थित नहुनु भएका ११ जनालाई पनि सलाम गर्न चाहन्छु कमसेकम विपक्षमा त भोट खसाल्नु भएन ।’ 

Vianet communication
Laxmi Bank

बाँकी ८३ मध्ये पनि मनै नलागेर, निर्वाचनको प्राविधिक कुरा सोचेर, नेताले पो के गर्ला भन्ने ठानेर भोट हाल्नेहरूप्रति पनि सहानुभूति रहेको नेपालले बताए । 

नेपाल एमालेभित्रको विवादको प्रसंगमा नेपालले भने, ‘जनताको मत जित्दा मात्रै ठूलो पार्टी बनाउन सकिन्छ । धेरै जनताले मन पराउने विचारले मात्रै संगठन बलियो हुन्छ । तर, आज हामीले देख्यौं १२१ ठाउँबाट चुनाव जितेको पार्टी घट्दाघट्दा अहिले ८३ सिटमा पुगेको छ । अझै कति घट्ने हो ठेगान छैन ।’

उनले अगाडि भने, ‘पद सम्हाल्ने जसले पार्टी व्यवस्थापन गर्न सक्दैन, जसले पार्टीको अन्तरविरोधको ठीक पहिचान गर्न सक्दैन, उसले साझा अन्तर विरोधको के समाधान गर्न सक्छ ?’

नेकपा एमालेभित्रको विवाद पद र इगोको लडाईं नभएको उनले बताए । ‘यो पद र प्रतिष्ठाको लडाईं होइन, यो इगोको लडाईं पनि होइन । यो वैचारिक मान्यताहरूमा देखिएको अन्तरविरोध हो । आचरणसँग जोडिएको अन्तरविरोध हो । यसको पहिचान गर्नुहोस्,’ नेपालले भने । 

नेपालको कम्युनिष्ट आन्दोलन संकटै संकटबाट गुज्रिरहेको र अहिले नयाँ चुनौति थपिएको उनले बताए । 

नेपाली समाज चरित्रबारे बहस गर्न र नेपाली जनताको चेतना र भावनालाई कम्युनिष्ट आन्दोलनले बुझ्न नसकेको उनले बताए । 

‘राजनीति भनेको बौद्धिक विलासको विषय मात्रै होइन । तथ्यको उद्घोष हो । गफाडीको गफलाई जनताले पत्याउँदैनन्’, उनले भने ।  

कम्युनिष्टहरू सत्तामा पुगेर मात्रै नबिग्रिएको बताउँदै उनले भने, ‘सत्ताले मात्रै भ्रष्टीकरण ल्याउने होइन, बन्दुकले पनि भ्रष्टीकरण ल्याउँदो रहेछ भन्ने उदाहरण म्यानमार र थाइल्याण्डको कम्युनिष्ट आन्दोलनको विसर्जनबाट हेर्न सकिन्छ ।’

केही पार्टीहरूमा उग्रवामपन्थी धङधङी बाँकी नै रहेको र त्यसको नेपाली समाजका उपादेयता नरहेको नेपालले बताए ।  

‘सबै पार्टीहरूले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ । किन जनताको मन जित्न सकिरहेका छैनौं ? मन जितेका जनताले पनि किन कम्युनिष्ट पार्टीलाई छाडिरहेका छन् ? सुविधाका निम्ति मरिहत्ते गर्ने भयौं भने नेपाली कम्युनिष्ट आन्दोलनको पनि हबिगत सुरु भइहाल्छ ।’ 

नेपालले सिंगै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन चाहेको र एउटै पार्टी बन्न नसके पनि सहकार्यको आवश्यकता रहेको बताए । 

सम्बन्धित समाचार

ओलीले दिएको आममाफीमा माधव नेपालको प्रतिक्रिया : महाराजधिराजको महावाणी आयो ‘एम्नेष्टी इज ग्रान्टेड’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x