×

NMB BANK
NIC ASIA

नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल भेटवार्ताको लागि तयार भएको भनिए पनि माधव नेपाल समूह अझै संस्थापन पक्षप्रति आश्वस्त हुन सकेको छैन ।

Muktinath Bank

साउन ८ गते नै ओली र नेपालबीचमा भेटवार्ता हुने भनिए पनि त्यो समय अहिलेसम्म जुरेको छैन । बरु, ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब दुई घण्टा छलफल गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेका दोस्रो तहका नेताहरूको पहलमा ओली र नेपाल बीचको भेटवार्ताको तारतम्य मिलाइएको भनिएको थियो । पार्टी अध्यक्ष ओली केही दिनयता नेपाल समूहप्रति नरम रूपमा प्रस्तुत हुन थालेपछि उनी पार्टी विवाद समाधानमा गम्भिर भएको भनेर एमालेको नेता कार्यकर्ता पङ्क्ति उत्साहित पनि भएको थियो । तर, ओलीप्रति माधव नेपाल पूर्णरूपमा विश्वस्त नभएको कारण उनीहरू बीच भेट्ने समय ठाउँ एकिन हुन नसकेको एमालेका नेताहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

माधव नेपालले ओलीसँग प्याकेजमै कुराकानी गर्न खोजेका छन् । उनी चाहन्छन्, अहिले ओलीले सामुन्नेका चुनौती मोचन गर्न आफूहरूलाई प्रयोग गरेर फेरि पङ्गु नबनाउन् । त्यसो हुँदा उनले ‘पावर शेयरिङ’ सहितको प्याकेजमै सहमति खोजेका छन् । 

Vianet communication
Laxmi Bank

हुन त नेपाल समूहलाई खुशी पार्न ओलीले पार्टीमा दोस्रो हैसियतको अध्यक्ष दिने र यसअघिका गल्ति कमजोरीहरूमा आममाफी दिने सार्वजनिक घोषणा गरेका छन् । ओलीको यो अभिव्यक्तिले समस्या समाधान गर्ने भन्दा पनि नेपाल समूहलाई विच्क्याएको देखिएको छ । 

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले संस्थापन पक्षले साउन ७ गते आयोजना गरेको कार्यक्रममा ओलीले घोषणा गरेका थिए, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि मिलेर काम गरौं । यसअघि जे जति गल्ती कमजोरी भयो सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

एमाले वरिष्ठ नेता नेपालले पनि आज ओलीले माफी दिएको मञ्चबाटै जवाफ फर्काएका छन् । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘महामहिम श्री ५ महाराजधिराजबाट महावाणी आयो । एमनेष्टी इज ग्राण्टेड । महाराजधिराज उवाच ।’

उनले थप भने, ‘स्पष्टीकरण लिएको गल्ती भयो । फिर्ता लिएका छौं भनेको भए के हुन्थ्यो । उचाई घट्थ्यो ? आज सुध्रेलान कि भन्यो उस्तै छ, भोली पनि उस्तै छ ।’ 

आफूले भने पार्टी एकतामा असर पर्ला भनेर ध्यान दिएको तर, ओलीले आफूलाई महाराजधिराज नै ठानेको बताए । 

‘म भने पार्टी एकतामा असर पर्ला भनेर हरेक शब्द शब्दमा ध्यान दिएर बोलेको छु । कतै चिप्लिहाल्ला कि भन्नेमा कत्रो ध्यान दिएर बोलेको छु’, उनले भने । नेपालको यही अभिव्यक्तिले पनि उनीहरू ओलीप्रति विश्वस्त छैनन् भन्ने स्पष्ट हुन्छ । 

नेपालले भने, ‘पद सम्हाल्ने जसले पार्टी व्यवस्थापन गर्न सक्दैन, जसले पार्टीको अन्तरविरोधको ठीक पहिचान गर्न सक्दैन, उसले साझा अन्तर विरोधको के समाधान गर्न सक्छ ?’

नेकपा एमाले भित्रको विवाद पद र इगोको लडाई नभएको उनले बताए । ‘यो पद र प्रतिष्ठाको लडाई होइन, यो इगोको लडाई पनि होइन । यो वैचारिक मान्यताहरूमा देखिएको अन्तरविरोध हो । आचरणसँग जोडिएको अन्तरविरोध हो । यसको पहिचान गर्नुहोस्’, नेपालले भने ।

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिका कारण पनि पार्टी भित्रको विवाद उचाल्न मद्दत गरेको एमालेका एक युवा नेता बताउँछन् । ‘गल्ति कमजोरी स्वीकार गरेर आउनुहोस्, माफी भयो, गद्दार जस्ता शब्दको प्रयोग गर्नुहुन्छ । उहाँलाई त्यसो नगर्नुस् भनियो भने त्यही कुरालाई स्थापित गर्न झन दोहोर्‍याई रहने स्वभाव छ । यसले पनि समस्या समाधानमा व्यवधान उत्पन्न भइरहेको छ’, ती नेताले भने । 

माधव नेपाल समूहले पनि आसन्न संकट मोचनका लागि मात्रै आफूहरूलाई प्रयोग गर्न लागेको हुन सक्ने विश्लेषण गरेको छ । सत्ता गठबन्धनले राष्ट्रपति विरूद्ध महाअभियोगको विषय जोडतोडले उठान थालेपछि ओली नरम हुन थालेको विश्लेषण माधव खेमामा छ । 
महाअभियोग संसद्बाट पारित हुनका लागि दुईतिहाइ मत चाहिन्छ । अहिले सत्ता गठबन्धनसँग दुईतिहाइ मत त छैन । 

तर, जम्मा ६१ सांसद रहेको पार्टीका संसदीय दलका नेता देउवाले प्रधानमन्त्रीमा विश्वासको मत लिने बेला १६५ पुर्‍याएकाले पनि दुईतिहाइ जुटाउन असम्भव छ भनिहाल्ने अवस्था पनि छैन ।

ओली पक्षकै भनिएका ८ सांसदले अन्तिममा आएर देउवालाई विश्वासको मत दिएका थिए । राष्ट्रपतिमाथि महाअभियोग लगाउन सत्ता गठबन्धनले केही मत मात्र जम्मा गरे पुग्ने अवस्था छ । 

अध्यादेश आएर एमाले विभाजन भयो भने माधव नेपाल पक्षले पार्टीका रूपमा ढुक्कसँग महाअभियोगका पक्षमा मत दिनसक्छ । केपी ओली कुनै पनि हालतमा राष्ट्रपतिको बहिर्गमन नहोस् भन्ने चाहन्छन् । अर्थात् अब कुनै हालतमा थप राजनीतिक क्षति भोग्न ओली तयार छैनन् । यसका लागि मात्रै उनी लचक भएको हुनसक्ने आँकलन माधव नेपाल समूहले गरेकाले सहमतिका लागि प्याकेजमै सहमति नेपाल समूहले खोजेको छ । 

दोस्रो तहका नेताकै भर 

पार्टी विवाद समाधानको लागि एमाले संस्थापन पक्षले अध्यक्ष केपी ओलीलाई नै जिम्मेवारी दिएको छ भने माधव समूहले पनि पहिले कार्यदलमा रहेका नेताहरूलाई अध्यक्षसँग कुराकानी गर्ने जिम्मेवारी दिइएको छ । ओलीले दोस्रो तहका नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् । ओलीले आफूले मोही मथेर घिउ निकाल्ने प्रयास गरिरहेको बताउने गरे पनि अहिलेसम्मको प्रयासमा घिउ लाग्ने अवस्था देखिएको छैन । 

एमालेको विवादमा कुनै पक्षमा पनि नलागी तटस्थ बसेका एमालेका नेता प्रदीप नेपाल भन्छन्, ‘एमालेको विवाद मिलाउन सक्ने भनेका दोस्रो तहका नेता नै हुन् । सके उनीहरूले नै मिलाउँछन् । नभए मिल्ने देखिदैन ।’ दोस्रो पुस्ताका नेता सशक्त ढंगले आउन सक्नुपर्ने नेता नेपाल बताउँछन् । 

एमालेको विवाद कता लैजाने भन्ने निर्णायक भूमिकामा दुवै पक्षका दोस्रो तहका नेता छन् । हुन त आज अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भलाकुसारी पछि विवादले कस्तो बाटो लिन्छ भन्ने टुङ्गो लाग्छ । एमालेको आन्तरिक पार्टी जीवनमा राष्ट्रपति भण्डारीले महत्वपूर्ण भूमिका रहने गरेको छ । यद्यपी, राष्ट्रपति भण्डारी र ओली बीचको संवादको पटाक्षेप भइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x