सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप, सबै परीक्षा सञ्चालन


सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।  


Advertisement

यसैबीच कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु गराई लाइनमा हुनसक्ने भीड न्यूनीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्