नेम्वाङले देउवा सरकारबारे टिप्पणी गरेपछि सदनमा आरोप–प्रत्यारोप

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्षर प्रमुख  प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो।


Advertisement

बैठकमा प्रधानमन्त्री देउवालाई बधाईर शुभकामना दिने क्रममा धारणा राख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। उनले अदालतले संविधानको धारा ७६(५) अनुसार सरकार बन्दा दलीय ह्विप नलाग्ने व्याख्या गरेको तर लोकतन्त्रमा त्यस्तो हुनै नसक्ने जिकिर गरे।


Advertisement

अदालतको परमादेशपछि धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसर माओवादी केन्द्रले आफ्ना सांसदलाई ह्विप लगाएको नेम्वाङले बताए। उनले एमालेको हकमा भने ह्विप लगाउन नपाइने भन्नु संसदीय प्रणालीको मूल्यमान्यताविपरीत भएको बताए।

बैठकमा कांग्रेस सांसद प्रकाशमान सिंहले एमालेले सत्तामा बस्दा वा कार्यपालिकाको नेतृत्व गर्दा अपनाउनुपर्ने विधिर नियमको पालना नगरेको तर अहिले आएर जनताको जनादेश नभई अदालतको परमादेशबाट सरकार बनेको भन्नुको कुनै अर्थ नभएको बताए। नागरक दैनिकमा खबर छ ।


Advertisement

 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्