बाढी प्रभावितलाई सहयोग जुटाउन अनुहारमा माटो पोतेर नाटक गर्ने अभियन्ताको जागिर चट् !

बाढीपहिरो जस्ता प्रकृतिक विपद्का बेला प्रभावित व्यक्ति र परिवारलाई सहयोग जुटाउन सामाजिक अभियन्ताहरू सक्रिय हुन्छन् । यसबाट प्रभावितलाई तात्कालिक सहयोग प्राप्त पनि हुन्छ ।


Advertisement

तर सहयोग जुटाउने नाममा अस्वाभाविक हर्कत र अनियमितता हुने आशंका समेत व्यक्त गरिन्छ । यस्तै घटना हालसालै जर्मनीमा भएको छ ।


Advertisement

प्रख्यात टेलिभिजन प्रस्तोताले बाढी प्रभावितलाई सहयोग जुटाउने नाममा अस्वाभाविक क्रियाकलाप गरेपछि उनलाई जागिरबाट हटाइएको छ ।

जर्मनीको बेड मुनस्टेरेफेल शहरमा बाढी प्रभावितको रिपोर्टिङ गर्ने क्रममा ३९ वर्षीया सुजैना ओहलेनले कपडा र अनुहारमा माटो तोतिन् । आफ्नो रिपोर्ट क्यामेरामा छायांकन गर्नुअघि ती रिपोर्टरले आफू बाढी प्रभावितको उद्धारमा लागेको देखाउन यसो गरेकी थिइन् ।


Advertisement

तर स्थानीय एक व्यक्तिले ती रिपोर्टरका हर्कतलाई मोबाइलमा भिडियो रेकर्ड गरिरहेका थिए । त्यसपछि ती व्यक्तिले आफूलाई अभियन्ता देखाउन गरेको नाटकलाई सामाजिक सञ्जालमा राखे र भाइरल भयो । बाढी प्रभावित क्षेत्रमा १८८ जनाको मृत्यु भइसकेको छ । यस्तो संकटका बेला कपडा र अनुहारमा आफैंले माटो पोतेर रिपोर्ट बनाएपछि रिपोर्टरको आलोचना भयो ।

ती रिपोर्टरको नाटक गरेको भिडियो उनी कार्यरत टेलिभिजन आरटीएलसम्म पुग्यो । टेलिभिजनले ती रिपोर्टरको नाटक पत्रकारिताको मर्यादा विपरीत रहेको भन्दै जागिरबाट निकालिदिएको छ । आरटीएल जर्मनीमा निजी क्षेत्रबाट सञ्चालित चर्चित सञ्चारमाध्यम हो । ती रिपोर्टरले आफ्ना हर्कतका लागि सामाजिक सञ्जालमार्फत माफी गरेकी छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्