फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
विगत २५ वर्षदेखि पर्यटन व्यवसाय गरिरहेका ४४ वर्षीय दिलप्रसाद गौतमलाई यतिविघ्न मार अहिलेसम्म परेको थिएन ।
पर्यटक लक्षित ट्राभल, होटल र रेस्टुरेन्ट गरी ३ वटै क्षेत्रमा हात हालेका उनलाई कोरोना मारले पर्नु पीर पारेको छ ।
मानवीय जीवन ध्वस्त पार्ने गरी महामारीको रूपमा भित्रिएको कोरोनाले उनको व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने गरी तहसनहस बनाएको छ । महामारीको डेढ वर्षे अवधिमा उनलाई निकै घाटा हुन गयो ।
उनी भन्छन्, ‘घाटाको त कुरा नगर्नू, अझै कति घाटा खानुपर्ने हो ? यकिन छैन ।’
लेकसाइडमा चल्तीको रेस्टुरेन्ट उनले अहिले बन्द गरेर बसेका छन् । गौरीघाटस्थित ब्ल्याक एण्ड ह्वाइट क्याफेमा १ करोड लगानी थियो । १० वर्षदेखि सञ्चालित रेस्टुरेन्टमा १६ जनाले रोजगारी पाएका थिए । ‘कोरोना महामारी शुरू भएदेखि नै बन्द छ । १६ जनाको रोजगारी पनि कटौती भयो,’ उनले गुनासो सुनाए, ‘गत वर्ष केही महिना टेक अवे सिस्टममा सञ्चालन गर्न प्रशासनले अनुमति दिए पनि विदेशी पर्यटक लक्षित भएकाले सञ्चालनमै गाह्रो भयो ।’
महामारी हट्ने आशामा बसेका उनले अहिले १ करोड लगानीमा माया मारेका छन् । अब रेस्टुरेन्ट व्यवसायमा नफर्किने उनको भनाइ छ ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पोखराका पूर्व अध्यक्ष समेत रहेका गौतमले पर्यटकस्तरका गाडी सञ्चालनबाहेक गौरीघाटमै अर्को होटल चलाउँछन् । लेकसाइडको स्ट्रिट नम्बर ७ मा रहेको होटलको नाम हो – होटल पोखरा बाटिका ।
रेस्टुरेन्टझैं होटलको अवस्थामा पनि फरक छैन । होटलले विदेशी पाहुनाको स्वागत गर्न नपाएको डेढ वर्ष जति भयो । कोरोनाको पहिलो भेरियन्ट असरले ७ महिनासम्म होटल बन्दै गरेर बसे । पछि कोरोना संक्रमण दर कमी हुँदै जाँदा प्रशासनको अनुमतिमा केही महिना मात्र आंशिक रूपमा सञ्चालनले कर्मचारीको तलबसहित अपरेसन खर्च धानेको थियो । विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटक फाट्टफुट्ट आउँथे ।
नयाँ वर्ष २०७८ शुरूआतसँगै पोखराको पर्यटन चलायनमा हुने दिशामा अघि बढेको थियो । तर कोरोनाको दोस्रो भेरियन्ट देखा परेसँगै वैशाख १५ गतेदेखि पोखराको पर्यटन ठप्प भयो । उनले पनि होटल बन्द गरे ।
कर्मचारीलाई पछि बोलाउने गरी बिदा दिए । झण्डै ३ महिना बित्दा साउन ६ गतेदेखि जिल्ला प्रशासन कार्यालय कास्कीले होटलको बेड क्षमताको आधा प्रयोग गर्न सक्ने भन्दै निषेधाज्ञा खुकुला पारेको छ । सोही आदेश अनुसार गौतमले पुनः होटल आंशिकरूपमा खोलेका छन् । तर विदेशी पर्यटक लक्षित भएकाले होटलले अपरेसन खर्च पनि धान्न सक्ने अवस्था अहिले छैन ।
उनले भने, ‘कोरोनाविरुद्धको भ्याक्सिन पहिले आवश्यकता बनेको छ । भ्याक्सिनको सुनिश्चितता नभएसम्म पोखराको पर्यटन पहिलेकै अवस्थामा फर्किन समय लाग्छ ।’
यस अलावा बुद्ध टूर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक उनले पर्यटकस्तरका गाडी चल्न नपाउँदा यातायात क्षेत्रबाट पनि उनलाई आशा जगाउने ठाउँ छैन । उनका पर्यटकलक्षित सवारीसाधन छन् ।
लोकान्तरसँगको कुराकानीमा दिलप्रसाद गौतमले भने, ‘सरकारले पर्यटन क्षेत्रमा पनि भ्याक्सिनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । सबैले भ्याक्सिन लगाउन सकियो र रेगुलर फ्लाइट खुल्यो भने मात्रै पर्यटन क्षेत्र उभो लाग्छ भन्ने लाग्छ । बैंक तथा वित्तीय संस्थाबाट सरकारले भनेजस्तै पुनर्कर्जा पाउन सकियो भने मात्र केही होला ।’
उनले भने, ‘२५ वर्षसम्म यही क्षेत्रमा बिताइयो । अनुभव पनि यही क्षेत्रमा बढी छ । तत्काल अर्को प्रकृतिको व्यवसायमा हात हाल्ने सोचाइ छैन । ठूलो लगानी परेकाले पर्ख र हेरको अवस्थामा छु ।’
कोरोना महामारी असरले पोखराको पर्यटन क्षेत्रमा ठूलो मार परेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा प्रमुख पर्यटकीय शहर हो तर कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प छन् । खासगरी पदयात्रा, पर्वतारोहण, माउन्टेन बाइकिङ, साइक्लिङ, तालमा डुंगा सयर, स्काइ साइक्लिङ, वञ्जी जम्पिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, झरना तथा छाँगोसँगै खस्ने क्यानोनिङ, रेफ्टिङ हुन सकेका छैनन् । यस गतिविधिसँग सम्बन्धित होटल, पर्यटक यातायात सेवा, रेस्टुरेन्ट लगायत सेवा प्रदाक निकाय वा पर्यटन उद्योग कोरोना असरले थिलोथिलो परेको हो । २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा भएदेखि नै पोखराको पर्यटन उद्योग अधोगतिमा लागेको छ ।
पोखरा पर्यटन परिषद्ले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराको पर्यटनमा कूल ५ खर्ब जतिको लगानी छ । पोखरा पर्यटन कार्यालयका अनुसार गत वर्ष फागुनसम्मको तथ्यांक अनुसार पोखरामा पर्यटकीयस्तरका ७०० होटल छन् । तीमध्ये ५०० जति आफ्नै भवन र २०० भाडामा सञ्चालित छन् । यस क्षेत्रमा मात्रै निजी लगानी ५० अर्ब र ऋण लगानी ७५ अर्ब गरी कूल १ खर्ब २५ अर्ब लगानी छ ।
कोरोनाअघि पोखरामा करीब ४ लाख स्वदेशी र ३ लाख विदेशी गरी ७ लाख पर्यटकले भ्रमण गरेको अनुमान छ । परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाको मारमा पोखराका करीब २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भएका छन् । अझ यसको असर लम्बिने हो भने पलायन हुने क्रम अझै बढ्ने उनको अनुमान छ । त्यसका लागि सरकारले कोरोना खोप सुनिश्चित गर्दै पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउन राहतका प्याकेजका कार्यक्रम ल्याउनुपर्ने उनी बताउँछन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...