अफगानिस्तानमा हवाई आक्रमण, कम्तीमा ३० तालिबानी लडाकूको मृत्यु

फाइल तस्वीर।

सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबै जना तालिबान लडाकूहरू रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टि गरेका छन् । 


Advertisement

घटनामा अरू १७ जना घाइते समेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रवार दुई प्रान्तमा घटना भएको जनाइएको छ । 


Advertisement

देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।

मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरूको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए ।


Advertisement

त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरूले सवारीसाधनहरू, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरूले प्रयोग गर्ने गरेको सामग्रीहरू पनि बरामद गरेका छन् ।  

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरू भइरहे पनि टुंगिन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्