×

NMB BANK
NIC ASIA

कोरोना विरुद्धको खोप प्रमाणीकरणमा सहज

साउन १०, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा छन् ।

Muktinath Bank

यसअघि उनी ३ वर्ष कतार बसेर आएका हुन् । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा) अघि उनी काठमाडौ आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निषेधाज्ञापछि उनी कतार जान पाएका छैनन् । २ महिनाका लागि बिदामा आएका दाहाल अहिलेसम्म नेपालमै छन् ।


Advertisment
Nabil box
Kumari

कतारमा काम गरिरहेको संस्थाले कोरोना विरुद्धको खोप लगाएर मात्र आउन भनेपछि उनी अहिलेसम्मै नेपालमै रहने अवस्था सिर्जना भएको हो । अमेरिकाले कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि सरकारले विदेश जाने कामदारका लागि भिसा भएकालाई पनि खोप लगायो ।

Vianet communication
Laxmi Bank

उनले वीर अस्पतालमा ६ घण्टा लाइनमा बसेपछि बल्लतल्ल खोप लगाए तर पनि उनी कतार जान पाएका छैनन् । खोप लगाएको प्रमाणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहान ९ बजे खोप प्रमाणीकरणका लागि पुगे ।

उनले बेलुकी ४ बजे मात्र खोप प्रमाणीकरणको प्रमाणपत्र पाएका छन् । २ दिन यही काममा अल्मलिएका दाहालले अब भने सहजै कतार पुगेर आफ्नो कामलाई निरन्तरता दिनेछन् ।

खोटाङ चर्खौले घर भई हाल स्वयम्भू बस्दै आएका नवराज सुवेदी पनि २ वर्ष विदेशमा काम गरेर नेपाल फर्किएका थिए । डेढ महिनाको बिदा लिएर नेपाल आएका सुवेदीको समस्या त्यही हो । नेपाल आउनेबित्तिकै कोरोना बढेकाले यतिखेर उनी नेपालमै छन् । जोन्सन एन्ड जोन्सनको खोप लगाइसकेका उनी अब भने विदेश उड्न पाउनेछन् । 

खोप प्रमाणीकरणका लागि उनले २ घण्टा मात्र लाममा बस्नुपर्‍यो । पछि चिनेको साथीमार्फत छिट्टै खोप प्रमाणीकरण गरे ।

यसअघि टेकु अस्पतालमा खोप प्रमाणीकरणका लागि हजारौंको लाइन हुने गरेको थियो । उक्त विषय गोरखापत्र दैनिक लगायतले उठाएपछि अहिले सरकारले खोप प्रमाणीकरणका लागि टेकुसहित ४ अस्पताललाई तोकेको छ ।

दाहाल र सुवेदीजस्ता हजारौं विदेशमा काम गर्न जाने युवाले खोप लगाउन र प्रमाणीकरणका लागि धेरै दुःख झेल्नुपर्‍यो । ४ वटा केन्द्र तोकेपछि अब अन्य विदेश जानेले प्रमाणीकरणका लागि दुःख झेल्नुपर्ने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एउटै अस्पतालबाट मात्र खोप प्रमाणीकरणको व्यवस्था गर्दा धेरैले लाइनमा बसेर दुःख पाएको भन्दै ३ स्थानमा उक्त सुविधा थप गरिएको जानकारी दिए । अब विदेश जानेहरूले खोप प्रमाणीकरणका लागि दुःख नपाउने अवस्था सिर्जना हुने विश्वास उनले व्यक्त गरे ।

टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले शुरूमा टेकु अस्पतालबाट मात्रै खोप प्रमाणीकरणका लागि आउँदा समस्या भएपछि सरकारले नयाँ स्थान थप गरेपछि अवस्था सामान्य भइसकेको जानकारी दिए । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले सरकारले यसअघि नै खोप प्रमाणीकरणका लागि ठाउँ तोक्नुपर्ने बताए ।

नेपालीले खोप लगाइसकेपछि पनि खोप लगाएको छु भन्नका लागि दुःख पाउनु ज्यादै दुःखद विषय भएको उनी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले एउटा मात्र केन्द्रमा हजारौंको लाइन भएपछि काठमाडौं र ललितपुरका गरी ४ ठाउँबाट कोभिड खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । टेकुमा खोप कार्ड प्रमाणीकरण गराउनेको चाप अत्यधिक बढेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै थप ३ ठाउँबाट सो कार्य गर्ने निर्णय भएको हो ।

निर्णयअनुसार टेकुसहित मीनभवनस्थित सिभिल अस्पताल, पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालबाट समेत खोप कार्ड प्रमाणीकरण हुनेछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले अब यस्तो समस्या नहुने विश्वास व्यक्त गरे । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x