×

NMB BANK
NIC ASIA

मन्त्री बन्न हानथाप : २० जना चाहिँदा १५६ सांसद दौडमा

साउन १०, २०७८

NTC
Sarbottam
सत्तारुढ गठबन्धनको बैठक
Premier Steels
Marvel

आफ्नै दल नेपाली कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियुक्त भएकै दिन देउवाले आफ्नै दलका २ जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका २ गरी ४ जनालाई मन्त्रीमा नियुक्त गरे ।


Advertisment
Nabil box
Kumari

देउवाले ५ सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बागडोर सम्हाल्दै आएको १३ दिन बितिसकेको छ । तर पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा समग्र सरकारको कार्यसञ्चालन प्रभावकारी बन्न सकेको छैन ।

Vianet communication
Laxmi Bank

संविधानतः मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन पाइँदैन । हाल देउवासहित ५ जना मन्त्रिपरिषद् रहेकाले उनले अब जम्मा २० जना मन्त्री मात्रै नियुक्त गर्न पाउँछन् । त्यसमा पनि मन्त्रालयको संख्या २१ मात्रै रहेकाले फूल मन्त्री १७ जना मात्रै नियुक्त हुन सक्छन् भने बाँकी ४ जना राज्यमन्त्री बनाउनुपर्छ ।

नयाँ मन्त्री नियुक्त गर्न नसक्दा प्रधानमन्त्री देउवा आफंै १७ वटा मन्त्रालयको जिम्मेवारी लिन विवश छन् । मन्त्रालयमा मन्त्री नहुँदा नीतिगत निर्णय लिन निकै कठिन भइरहेको छ भने प्रशासनिक कामकाजमा समेत उल्झन आइपरिरहेको सरकारी अधिकारीको भनाइ छ ।

मन्त्रीको अभावमा मन्त्रालयको कुनै नीतिगत निर्णय सम्बन्धमा छलफल गर्नुपरेमा सचिव फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउनुपर्ने बाध्यतामा छन् ।

गठबन्धन दलमा मन्त्री बन्न अत्यधिक हानथाप भइरहेको र त्यसले नेतृत्वमा रहनेलाई निकै सकस परिरहेको तथ्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले खोलेका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीभित्र मन्त्री बन्नेको लर्को लागेकाले त्यस्तो प्रवृत्तिले आफूलाई आतंकित पारेको बताए । ‘कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेबारे मेरो दिमागमा आतंक छाएको छ, हाम्रा ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ,’ दाहालले भने । गठबन्धनमा माओवादी केन्द्रले बढीमा ७ वटासम्म मन्त्रालय पाउने प्रारम्भिक सहमति छ । २ जना भने सुरुकै दिनमा मन्त्री भइसकेका छन् । दाहालले आफ्नो निवासमा ४/५ दिनदेखि मन्त्री बन्ने चाहना गर्नेहरूको लर्को लागेकाले आफू मानसिक तनावमा भएको समेत बताए ।

सबै जनालाई मन्त्री नै चाहिने संस्कार र प्रवृत्ति गलत भएको स्पष्ट पार्दै प्रचण्डले आदर्शको कुरा गरेर नथाक्नेहरूले समेत जसरी पनि मन्त्री बनाउनैपर्छ भनेर दबाब दिइरहेको बताए । उनले मन्त्री नभए पार्टीभित्र नेतृत्वलाई सराप्ने प्रवृत्ति जबरजस्त रहेको जनाए ।

देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदा गठबन्धनसहित महन्थ ठाकुर समूहको राजपाको सहित १६५ मत पाएका थिए । उनलाई गठबन्धन सरकारमा गठबन्धन दलका रूपमा रहेका माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जसपा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका व्यक्तिलाई मन्त्रीमा ल्याउनुपर्ने चुनौती छ । यसमध्ये एमाले नेता नेपाल समूह मन्त्रीमा जाने नजाने बारेमा अनिर्णीत छ ।

हाल सरकारमा जानका लागि देउवालाई मतदान गर्ने सांसदहरूमध्ये नेपाल, महन्थ ठाकुर, बाबुराम भट्टराई यस मन्त्रीको दौडमा छैनन् । राजमोकी दुर्गा पौडेल पनि मन्त्री बन्ने दौडमा छैनन् । ४ जना यसअघि नै मन्त्री बनिसकेका छन् । यसरी विश्लेषण गर्दा गठबन्धनका प्रतिनिधि सभाका १५६ सांसदहरू मन्त्री बन्ने दौडमा हानाथाप गरिरहेका छन् ।

माओवादीमा मात्रै नभएर जसपाका यादव र ठाकुर समूहमा पनि कसलाई मन्त्री बनाउने भन्नेमा निकै सकस छ । यसो त प्रधानमन्त्रीकै पार्टी कांग्रेसमा पनि मन्त्री बन्न दौडधुप गर्नेको लामै लर्को रहेको बताइन्छ । सत्ता गठबन्धन दलले १५–१८ वटा मन्त्रालय मागेकाले देउवालाई कांग्रेसभित्रै चित्त बुझाउन समेत निकै कठिन भइरहेको बताइएको छ ।

प्रधानमन्त्री देउवालाई १७ मन्त्रालयको भारी

१. उद्योग वाणिज्य तथा आपूर्ति
२. कृषि तथा पशुपक्षी विकास
३. खानेपानी
४. परराष्ट्र
५. भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण
६. भौतिक पूर्वाधार तथा यातायात
७. महिला बालबालिका तथा ज्येष्ठ नागरिक
८. युवा तथा खेलकुद
९. रक्षा,
१०. वन तथा वातावरण
११. शिक्षा विज्ञान तथा प्रविधि
१२. श्रम रोजगार तथा सामाजिक सुरक्षा
१३. संस्कृति पर्यटन तथा नागरिक उड्डयन
१४. संघीय मामिला तथा सामान्य प्रशासन
१५. सञ्चार तथा सूचना प्रविधि
१६. शहरी विकास
१७. स्वास्थ्य तथा जनसंख्या

मन्त्री माग्न आउने हुलका कारण मेरो दिमागमा आतंक छाएको छ : पुष्पकमल दाहाल

कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेबारे मेरो दिमागमा आतंक छाएको छ । हाम्रा ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । मन्त्री माग्न आउने हुलका कारण म ४/५ दिनदेखि मानसिक तनावमा छु । यहाँ मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति जबर्जस्त छ, त्यसैले पाएसम्म त ४९ जनालाई नै मन्त्री बनाइदिन हुन्थ्यो ।

महामारीमा स्वास्थ्य मन्त्रालयप्रति किन बेवास्ता ?

कोभिड महामारीको अवस्था उस्तै भइरहँदा समेत सबैभन्दा महत्त्वपूर्ण मानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत मन्त्रीविहीन अवस्थामा छ । कोभिड व्यवस्थापन तथा भ्याक्सिन आपूर्तिको सम्बन्धमा मन्त्रालयमा २४ सै घण्टा छलफल र तयारी गर्नुपर्ने अवस्था छ तर मन्त्री नहँुदा सो कार्यले गति लिन सकेको छैन जसका कारण कोभिड व्यवस्थापन कार्य नै कमजोर हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयमा छिटोभन्दा छिटो योग्य र कुशल मन्त्री नियुक्त गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x