कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार मृत्यु हुनेमा रुपन्देहीका २, गुल्मीका २ र प्यूठानका १ जना छन् ।
रूपन्देही तिलोत्तमा–५ की ३२ वर्षीया महिलाको आइतवार बिहान ३ः१० र बुटवल–७ का ४४ वर्षीय पुरूषको शनिवार साँझ सवा ६ बजे मृत्यु भएको हो ।
त्यसै गुल्मी इस्मा गाउँपालिकाका ७१ वर्षीय पुरुषको आइतवार बिहान २ः१० बजे र गुल्मीकै चन्द्रकोटका ५६ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको डा. राजेन्द्र खनालले जानकारी दिए ।
प्युठानको सरुमारानी गाउँपालिकाका ६३ वर्षीया महिलाको शनिवार दिउँसो साढे १ बजे मृत्यु भएको छ ।
बन्दाबन्दी खुलेसँगै संक्रमण फेरि बढ्न थालेको छ । रूपन्देहीमा पनि संक्रमण बढ्दो छ । संक्रमण बढेसँगै कोरोना अस्पतालका बेडहरू बिरामीले फेरि भरिन थालेका छन् ।
कोरोनाको पहिलो र दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित जिल्ला रूपन्देही हो । रूपन्देहीमा हालसम्म ५०६ जनाको मृत्यु भएको छ ।
रूपन्देहीमा शनिवार ५१ नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीमा हालसम्म २८ हजार ९७३ पोजिटिभ देखिएका छन् । जिल्लामा सक्रिय संक्रमित ३५९ जना छन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...