कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
साउन १०, २०७८
केन्द्रीय राजनीतिमा बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेशको राजनीति पनि तरंगित बनेको छ ।
एमाले र जसपाका सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि त्यसको पराकम्प लुम्बिनी सरकारमा देखिएको हो ।
प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास गर्न नसकेर अध्यादेशमार्फत बजेट ल्याएका पोखरेलले संघीय सरकारले प्रदेश प्रमुख फेरेर धक्का दिनसक्ने महशुस गरेका छन् ।
कार्यकाल कतिसम्म जाने हो भन्ने आशंकाकाबीच मुख्यमन्त्री पोखरेल अस्थायीबाट भाडाको भवनमा राजधानी सार्न हतारिएका छन् ।
प्रदेशमा अर्को सरकार बन्यो भने राजधानी सार्न विलम्ब हुने पोखरेलको आशंका छ ।
दाङ राजधानी सार्ने कुरा पोखरेललाई जिल्ला र आफ्नो संसदीय क्षेत्रको राजनीतिका कारण पनि महत्त्वपूर्ण छ ।
वर्षायाममा जतिसक्दो छिटो दाङको भालुवाङमा कार्यालयहरू सार्न कर्मचारीहरूलाई मुख्यमन्त्री पोखरेलले दबाबसहितको निर्देशन दिएको स्रोतको दाबी छ ।
स्थायी संरचना बनेपछि मात्र प्रदेशका मन्त्रालय, विभाग र निर्देशनालय दाङ लैजाने बताएका मुख्यमन्त्री सत्ता समीकरणले अहिले नै आत्तिएका देखिन्छन् ।
अस्थायी संरचनामा दोहोरो रकम खर्चिन थालेको भन्दै प्रदेश सरकारको आलोचना भएको छ । गएको असोज २० गते प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको थियो ।
सरकारले प्रदेश प्रमुख फेर्ने ‘ग्रीन सिग्नल’ पाएको विपक्षी गठबन्धन भने त्यसको प्रतीक्षामा छ । मुख्यमन्त्रीले असंवैधानिक रूपमा सत्ता चलाइरहेको भन्दै आएको विपक्षी गठबन्धन प्रदेश प्रमुख फेरेर पोखरेल नेतृत्वको सरकारलाई बिदा गरी आफ्नै सरकार बनाउन हतारिएको छ ।
यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने विपक्षी गठबन्धनको प्रयास प्रदेश प्रमुखको निर्णयका कारण अगाडि बढ्न सकेको थिएन ।
यस क्षेत्रका कांग्रेस र माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई अन्य प्रदेशको भन्दा लुम्बिनीको प्रदेश प्रमुखलाई छिटो हटाएर नयाँ नियुक्त आग्रह गरेको स्वयं नेताहरू नै बताउँछन् ।
प्रदेश सभामा अहिले सत्तापक्ष (एमाले र जसपा महन्त ठाकुर पक्ष) सँग ४१ र विपक्षी गठबन्धनसँग ४२ सांसद छन् । सभामा एमालेका ३८ सांसद छन् ।
जनता समाजवादी पार्टीले पाएको आधिकारिकता पाएपछि सरकारका रहेका ३ सांसदहरू आधिकारिक जसपामा जाने बताएका छन् ।
जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाउने सम्भावना देखिन्छ ।
चालू अवस्थामै राप्ती प्राविधिक शिक्षालयलाई अन्यत्र सार्न दबाब दिँदै त्यहाँ मन्त्रालय राख्ने सरकारको योजना रहेको प्रदेश सरकारका अधिकारीहरू बताउँछन् ।
यद्यपि प्राविधिक शिक्षालयलाई नै तत्काल सार्न नसकिने भन्दै शिक्षालय प्रमुखले अन्य वैकल्पिक व्यवस्था गर्नका लागि प्रदेश सरकारलाई आग्रह गरिरहेका छन् ।
पार्टीको विवाद समाधानका लागि काठमाडौंमा रहेकै बेला गत असार २३ गते मुख्यमन्त्री पोखरेलले दाङको देउखुरीमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको भर्चुअल माध्यामबाट उद्घाटन गरे ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि भाडाको राप्ती प्राविधिक शिक्षालयलाई हटाएर त्यहीँ लैजाने सुरसार मुख्यमन्त्रीको छ ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरी भने राजधानीको संरचना निर्माणका लागि नै शहरी विकास मन्त्रालय मात्र देउखुरीमा स्थापना गरिएको बताउँछन् ।
स्थायी संरचनाविना तत्काल अन्य मन्त्रालय र कार्यालय स्थापना नहुने उनको भनाइ छ ।
‘अस्थायी रूपमा मन्त्रालय र कार्यालय राख्ने ठाउँ नै छैन । स्थायी राजधानी देउखुरीमै बनाउने हो तर अहिले त्यहाँ मन्त्रालय राख्न सकिन्न,’ मन्त्री चौधरीले भने, ‘मन्त्रीको क्वार्टर, कर्मचारीको आवास, सुरक्षाकर्मीका लागि व्यवस्थापन गर्ने न्यूनतम पूर्वाधार छैन ।’
अहिले देउखुरीमा राप्ती प्राविधिक शिक्षालय परिसरमा ८ करोडभन्दा बढीको लागतमा प्रदेश सभाका लागि अस्थायी सभा भवन बनिरहेको छ । त्योबाहेक अरू संरचना बनेको छैन ।
कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खाँनले पूर्वाधार नै नबनाइन भाडाका भवनमा राजधानी सार्ने हतारोले संघीयता असफल बनाउने बताए ।
उनले भने, ‘यहाँका प्रदेश प्रमुखलाई सरकारले आफू अनुकूल देखेको छैन । केही दिनभित्र सरकारले प्रदेश प्रमुख फेर्दैछ । अनि हामी विशेष अधिवेशन माग गर्छौं । सरकार फेर्छाैं । सरकार अल्पमतमा छ ।’
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत तथा आधिकारिक टेड्र युनियन प्रदेश संयोजक मेघदेव पन्तले आफूहरूले देउखुरीका संरचना हेरेर आएपछि त्यहाँ तत्काल जान नसकिने निष्कर्ष निकालेको बताए ।
‘त्यहाँ अहिले बस्न सक्ने अवस्था नै छैन । हामी जान सक्दैनौं । सरकारले दबाब दिएर मात्र हुँदैन । अहिले त्यहाँ संरचना नबनाइकन राजधानी लैजान सकिने देखिँदैन,’ पन्तले लोकान्तरसँग भने ।
‘सरकारका सबै संरचना पुगेपछि करीब ३ हजार ५०० कर्मचारी, उनीहरूका बालबच्चा परिवार कसरी यो वर्षायाममा उठाउने कहाँ पढाउने ?’ एक कर्मचारीले भने, ‘सजिलै भाडामा घर पाउने अवस्था समेत छैन । यस्तो स्थितिमा अहिले नै राजधानी सार्नु हुँदैन । हामी जान सक्ने अवस्था नै छैन ।’
प्रदेश पूर्वाधार प्राधिकरणले राजधानी शहरको गुरुयोजना बनाइरहेको छ । कार्यालयका अनुसार परामर्शदाताले तथ्यांक संकलन गर्ने प्रारम्भिक काम मात्रै गरेको छ ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...