२६ जेठ २०८३, मंगलबार

उपेन्द्र यादवको पक्षमा ३५ कार्यकारिणी सदस्यले सनाखत गर्ने इस्तियाकको दाबी

उपेन्द्र यादवको पक्षमा ३५ कार्यकारिणी सदस्यले सनाखत गर्ने इस्तियाकको दाबी

जसपा कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभाका सदस्य मोहम्मद इस्तियाक राईले जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समितिका ३५ जना सदस्यले हस्ताक्षर गर्ने दाबी गरेका छन् । 

यसअघि उपेन्द्र यादवको पक्षमा ३२ जना कार्यकारिणी सदस्य थिए । निर्वाचन आयोगले सनाखतको लागि बोलाएको दिन अन्तिम समयमा आएर महन्थ ठाकुर पक्षका केही सदस्यले उपेन्द्रको पक्षमा फ्लोर क्रस गर्ने उनले दाबी गरे ।

महन्थको पक्षमा रहेका मनीष सुमनले उपेन्द्रको पक्षमा हस्ताक्षर गरिसकेका छन् । अन्य दुई जनाले पनि हस्ताक्षर गर्ने तयारी गरेको उपेन्द्र यादव पक्षले दाबी गरेको छ । 

हस्ताक्षर सनाखत गर्नका लागि महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेताहरू निर्वाचन आयोग पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्