२६ जेठ २०८३, मंगलबार

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान भएको छलफल मूलतः मन्त्रिपरिषद् विस्तारको विषयमा केन्द्रित रहेको नेताका सहयोगीहरूले जानकारी दिएका छन् । यस्तै प्रदेश प्रमुखहरूको हेरफेरलगायत केही नियुक्तिको विषयमा छलफल भएको स्रोतले बतायो । 

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद सकिएकोले आजभोलिमै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको बालुवाटार स्रोतले बताएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक मंगलवार बस्दैछ ।

राष्ट्रपतिबाट शपथ लिएलगत्तै प्रधानमन्त्री देउवाले असार २९ गते ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आइतवार स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् ६ सदस्यीय बनेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्