बंगाल निर्वाचनमा बाझाबाझ गरेपछि पहिलोपटक ममता बनर्जीले निवासमै भेटिन् मोदीलाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीको निवासमा मंगलवार भेटघाट गरेकी छन् । 


Advertisement

बंगाल विधानसभा निर्वाचनमा मोदी र ममताबीच भएको बाझाबाझ र मनमुटावपछिको यो पहिलो भेटघाट हो । 


Advertisement

उनीहरूबीच गत मे महिनामा पनि क्षणिक भेटघाट भएको थियो । यास तुफानले गरेको क्षतिको समीक्षा बैठकका लागि मोदी बंगाल पुग्दा ममता बैठकमा ढिलो गरी आएकी थिइन् र तत्कालै फर्किएकी थिइन् । त्यसपछि केन्द्र सरकारले बंगालका मुख्यसचिव आलापन बन्द्योपाध्यायलाई फिर्ता बोलाएको थियो । 

ममताले दिल्लीमा कांग्रेस अध्यक्ष सोनिया गान्धी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र समाजवादी पार्टीका नेता अखिलेश यादवलाई पनि भेट्ने कार्यक्रम छ ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्