×

NMB BANK
NIC ASIA

नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकले सोमवार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

Muktinath Bank

मंगलवारको कारोबारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार पूँजीकरण पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुगेको छ ।


Advertisment
Nabil box
Kumari

बजार पूँजीकरण नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै माथि पुगेको छ । लगानीकर्ताको ध्यान मंगलवार विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखिन्छ ।

Vianet communication
Laxmi Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २९.२४ विन्दुले बढेर ३ हजार ७९.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु भएको हो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर ५७४.३० मा पुगेको छ ।

कूल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने ९ उपसमूहको शेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमवार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्ने निर्देशिका जारी गरेपछि बैंकिङ २.६३ र लघुवित्त उपसमूहको शेयर ११६.६६ विन्दुले घटेको छ । व्यापार २.५७ र होटल तथा पर्यटन १८.७७ बिन्दुले ओरालो लागेको छ ।

विकास बैंक ३५.५७, जलविद्युत् ११९, वित्त ७१.०४, निर्जीवन बीमा १२०.२६, उत्पादन ३०५.१८, अन्य ६०.३४, जीवन बीमा २६०.०८, सामूहिक लगानी कोष ०.१३ र लगानी उपसमूहको शेयरमा ३.०५ विन्दुले बढेको छ । कारोबारका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ ।

बैंकको ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोबार भयो । अपिपावर कम्पनी ४८ करोड ३२ लाख १ हजार ४१४, युनाइटेड मोदी ३६ करोड २४ लाख ४० हजार ५३०, सानिमा माई हाइड्रोपावर ३५ करोड २८ लाख ५७ हजार ४९७ र नेशनल हाइड्रोपावर ३४ करोड ७७ लाख ८ हजार ५७० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

सपोर्ट माइक्रोफाइनान्स ५.७७, उन्नति सहकार्य लघुवित्त ४.६८, जनउत्थान सामुदायिक लघुवित्त ४.०६, स्वाभिमान लघुवित्त ३.९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x