२६ जेठ २०८३, मंगलबार

मोबाइलबाट निस्कने विकिरण खतरनाक, लगाउनुस् यस्तो कपडा

कात्तिक २०, २०७४
मोबाइलबाट निस्कने विकिरण खतरनाक, लगाउनुस् यस्तो कपडा

मोबाइल फोनको प्रयोग गर्दा त्यसबाट निस्कने विकिरणले मानिसलाई प्रतिकुल असर गर्ने वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले मोबाइल फोनबाट निस्कने यस्ता विकिरणका कारण पुरुषहरुमा नपुंसकताको खतरा बढ्ने तथ्यको पुष्टि गरिसकेका छन् ।

तर अव यस्तो खतराबाट बच्नका लागि वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुका अनुसार मोबाइलबाट निस्कने विकिरणलाई रोक्नका लागि एक विशेष किसिमको कट्टुको आविश्कार गरिएको छ ।

अधिकांश पुरुषले आफ्नो मोबाइल पाइन्टको खल्तीमा राख्ने गर्दछन् । त्यसैले मोबाइलबाट निस्किने विकिरणको असरबाट शुक्राणुलाई जोगाउन यो कट्टु लाभदायक हुने वैज्ञानिकहरुको ठहर छ

‘क्राउन ज्वेल्स अन्डरवियर’ नाम दिइएको यो कट्टु चार जर्मन वैज्ञानिकले आविष्कार गरेका हुन् । जसको प्रयोगले मोबाइलबाट पुरुषमा हुने नपुंसकता अन्त्य हुने उनीहरुको दाबी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्