२६ जेठ २०८३, मंगलबार

अमेरिकाका परराष्ट्रमन्त्रीले भारतमा भेटे दलाई लामाका प्रतिनिधि, चीनलाई सन्देश

साउन १३, २०७८
अमेरिकाका परराष्ट्रमन्त्रीले भारतमा भेटे दलाई लामाका प्रतिनिधि, चीनलाई सन्देश

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारतको दिल्लीमा बुधवार दलाई लामाका एक प्रतिनिधिलाई भेटेको मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । 

‘परराष्ट्रमन्त्री ब्लिन्केनले नयाँ दिल्लीमा आज बिहान दलाई लामाका प्रतिनिधि न्गोदुप दोङचुङसँग छोटो भेटघाट गर्नुभएको छ,’ ती अधिकारीले बताए । 

चीनबाट ६ दशकअघि भागेर भारतको शरणमा आएका दलाई लामालाई चीनले पृथक्तावादी मान्ने गरेको छ । दलाई लामाले चाहिँ आफू पृथक्तावादी नभएको र तिब्बतको ठोस स्वायत्तता तथा तिब्बती बौद्ध संस्कृतिको जगेर्ना गर्ने उद्देश्य मात्र रहेको बताउँदै आएका छन् । 

ब्लिन्केनले दलाई लामाका प्रतिनिधिलाई भेट्नु अमेरिकाको तिब्बत नीति तथा समर्थन ऐनअन्तर्गतकै गतिविधि भएको र यसले तिब्बतको भूरणनीतिक महत्त्व झल्काएको भारतका रणनीतिक चिन्तक ब्रह्मा चलानीले ट्वीट गरेका छन् । तिब्ब्तमा पहुँच नदिने चिनियाँ अधिकारीहरूलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्