×

NMB BANK
NIC ASIA

घटेनन् आत्महत्या, बलात्कार र ज्यानसम्बन्धी अपराध

साउन १३, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबरजस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन ।
 
कोभिड–१९ संक्रमणका कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत जघन्य प्रकृतिका घटना बढोत्तरी हुनुले अवस्था चुनौतीपूर्ण देखाएको छ ।

Muktinath Bank

नेपाल प्रहरीका अनुसार विभिन्न ११ जघन्य तथा गम्भीर प्रकृतिका घटनामध्ये अधिकांश घटनाका मुद्दा दर्ता गर्ने क्रम बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा दैनिक ११० गम्भीर प्रकारका घटना हुने गरेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी १७ दशमलव ४४ प्रतिशत आत्महत्याका घटना रहेका छन् । गत वर्ष दैनिक १९ जनाले आत्महत्या गर्ने गरेका पाइएको छ । यस्तै दैनिक ७ महिला तथा बालिका जबरजस्ती करणीमा परेका छन् । यद्यपि समग्र घटना संख्या हेर्दा जघन्य र गम्भीर प्रकृतिका घटना दर्तामा केही कमी आएको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले समग्र जघन्य प्रकृतिका घटना केही प्रतिशतले घटेको तर कर्तव्य ज्यान, जबर्जस्ती करणी, आत्महत्या लगायतका घटना भने बढेको बताए ।

Vianet communication
Laxmi Bank

प्राप्त विवरणअनुसार आव २०७६/७७ मा कर्तव्य ज्यानका ५५५ घटना भएकामा आव २०७७/७८ मा यसमा वृद्धि ६९७ पुगेको छ । यो आव २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २५ दशमलव ५८ प्रतिशतले वृद्धि हो । त्यसको अघिल्लो दुई आर्थिक वर्षभन्दा पनि यसपालि कर्तव्य ज्यानसम्बन्धीका घटनामा वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ । 

गत आर्थिक वर्षमा जबर्जस्ती करणीका घटना पनि झण्डै २१ प्रतिशतले वृद्धि भएको छ । आव २०७६/७७ मा दुई हजार १४४ करणीका मुद्दा दर्ता भएकामा गत आवमा बढेर २ हजार ५३४ पुगेको छ । त्यसको अघिल्लो दुई आवमा क्रमशः १ हजार ४८० र २ हजार २३० करणीका मुद्दा दर्ता भएको प्रहरीको अभिलेख छ । 

प्रहरी प्रवक्ता कुँवरले जबरजस्ती करणीका घटना भने नजिकका र चिनेजानेका व्यक्तिबाट नै हुने गरेको बताए । ‘उनीहरूबाट ८२ दशमलव २० प्रतिशत महिला करणी भएका छन्,’ उनले भने, ‘अझ सबैभन्दा बढी ११ देखि १८ वर्षका बालिका करणीमा पर्ने गरेका देखियो ।’

उनका अनुसार कूल जबरजस्ती करणीका घटनामध्ये उक्त उमेर समूहका ५३ दशमलव २४ प्रतिशत बालिका बलात्कृत हुन्छन् । झण्डै १२ प्रतिशत १० वर्षमुनिका बालिकामाथि बलात्कार हुने गरेको तथ्यांक प्रहरीसँग छ । – नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x