कतिले भरे मैलुङ खोला जलविद्युतको आईपीओ ?

 मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै ७१ लाख ४३ हजार ८०० कित्ताको लागि आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६०० जना लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको १०.४३ गुणा धेरै आवेदन हो ।
 
मैलुङ खोला जलविद्युत कम्पनीले आज बिहीबार (साउन १४ गते) देखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
 
यसमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ । यो आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यस आईपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । 
 
यता, कम्पनीले यसअघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको छ ।  
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्