मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरू विस्तारको क्रममा

मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरू विस्तारको क्रममा

मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । 


Advertisement

बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरू विस्तार गरेको हो । 


Advertisement

प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । 

वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । 


Advertisement

त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । 

यी शाखाहरू बाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । 

यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरू सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्