२६ जेठ २०८३, मंगलबार

दार्जिलिङको तनाव यथावत, एक महिनाको बन्द घोषणा

कात्तिक २०, २०७४
दार्जिलिङको तनाव यथावत, एक महिनाको बन्द घोषणा

काठमाडौं, २८ जेठ — दार्जिलिङमा अनिश्चितता लामै समयसम्म कायम रहने लक्षण देखिएको छ । गोर्खाल्यान्ड जनमुक्ति मोर्चा (गोजमो) ले सोमवारदेखि लागू हुनेगरी सरकारी कार्यालय, नागरिक नियोग र बैंकहरू एक महिनासम्म बन्द गर्ने घोषणा गरेबाट यस्तो अनिश्चितता छाएको हो ।


बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ‘बम र ढुंगा’ प्रयोग गर्ने शक्तिहरूसँग कुनै पनि किसिमको ‘सम्झौता’ नगर्ने बताएको केही घन्टाभित्र गोजमोले बंगाल सरकारविरुद्ध पूर्ण असहयोग गर्ने तथा गोर्खाल्यान्डको माग दोहो–याउने आह्वान गरेको छ ।

ममता बनर्जीले दार्जिलिङमा पहिलोपटक राज्यको क्याबिनेट बैठक राखेको बेलामा बिहीवार गोजमो समर्थकहरूले प्रहरीमाथि ढुंगामूढा गरेका थिए र एक दर्जन प्रहरी भ्यान तथा सरकारी बसमा आगो लगाएका थिए ।

गोजमो प्रमुख विमल गुरुङले हडताल लामो समयसम्म जानसक्ने बताएका छन् । महासचिव रोशन गिरीले शनिवार सरकारी कार्यालयलाई काम गर्न नदिने बताएका छन् । बैंकलाई हप्ताको दुई दिन (सोमवार र बिहीवार) मात्र काम गर्न दिने तर शैक्षिक संस्था र यातायात तथा आपतकालीन सेवा जस्तै पानीअड्डा, बिजुलीअड्डा र अदालतहरू चाहिँ बन्द नगर्ने उनले बताए ।

पर्यटनलाई असर नपार्ने र मानिसलाई आवतजावत गर्न दिने तर राज्यको प्रशासन ठप्प पार्ने गोजमोको लक्ष्य देखिन्छ ।

पहिले गोर्खाल्यान्ड पक्षधरहरूले बंगाल सरकारलाई कर नतिर्ने र दार्जिलिङमा गाडीहरूको नम्बर प्लेटमा डब्यूबी अर्थात् वेस्ट बंगालको साटो जीएल अर्थात् गोर्खाल्यान्ड लेख्न लगाउने गरिएको जस्तै गर्ने सम्भावना छ ।

द टाइम्स अफ इन्डियाबाट

salt training

कमेन्ट गर्नुहोस्