×

NMB BANK
NIC ASIA

राष्ट्रिय सरोकार समितिको निर्देशन– गौरवका आयोजनामा बजेटको स्रोत सुनिश्चितता गरियोस्

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनामा बजेटको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । 

Muktinath Bank

शुक्रवार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले मेलम्ची खानेपानी आयोजनामा बाढी तथा पहिरोले पुर्‍याएको क्षतिका बारेमा छलफल गरेको थियो ।


Advertisment
Nabil box
Kumari

छलफलपछि समितिले आयोजनामा बाढी पहिरोले पुर्‍याएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणलाई अविलम्ब शुरू गर्न निर्देशन दिएको छ ।

Vianet communication
Laxmi Bank

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न समेत बजेटको सुनिश्चितता गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

यस्तै समितिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायका बीचको प्रभावकारी सहकार्य र समन्वयको लागि निर्देशन दिएको छ ।

बैठकपछि समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले भनिन्-

राष्ट्रिय गौरवका आयोजनामा बजेटको स्रोत सुनिश्चित र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड नहुँदा अहिले पनि हामीले एकातिर सरकारले राष्ट्रिय गौरवको आयोजना बजेट अभाव हुँदैन भनेको छ, फेरि कार्यान्वयनमा जाँदा यो खाले समस्या आएको हुनाले राष्ट्रिय गौरवका आयोजनाहरूको बजेटको स्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्डका लागि सरकारलाई निर्देशन दिएका छौँ । तत्काल आयोजनामा भएका क्षतिको पूर्ण मूल्यांकन निकाली निर्माणको पुनर्निर्माणलाई कार्यान्वयनमा जानुपर्ने निष्कर्ष बैठकले निकालेको छ । आयोजनासँग प्रत्यक्ष सरोकार राख्ने निकायबीचको प्रभावकारी सहकार्य र समन्वयको अहिले पनि अभाव देखिएको छ । यो आयोजनाभित्रका निकायहरू, मन्त्रालयभित्रका निकाय र तहका सरकारको बीचमा अहिले पनि समन्वयको अभाव देखिएको छ, यसलाई प्रभावकारी समन्वयको लागि हामी निर्देशन दिन्छौँ ।

समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजना बीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले शहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना,  काठमाडाैं आयोजना खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ तथा विभाग हेर्ने अधिकारीहरूसँग छलफल गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x