कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
साउन १५, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रको विवादको प्रतिबिम्ब सदनमा पनि देखिएको छ ।
एमालेका केही सांसदले सर्वोच्च अदालतको फैसलाको विरोध गर्न छाडेका छैनन् भने केहीले स्वागत गरिरहेका छन् ।
प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य र विशेष समयमा पनि एमाले सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेशको सरकार’ भन्दै व्यंग्य गरे ।
शून्य समयमा सांसद दामोदर भण्डारीले सरकारलाई अन्तैको आदेश र परमादेशको सरकार भन्ने टिप्पणी गरे ।
‘अन्तैको आदेश र सर्वोच्चको परमादेशबाट वर्तमान सरकार बनेको तीन हप्ता पूरा भएको छ र पनि सरकारले पूर्णता पाउन सकेको छैन । कुन नीति हो, कुन कार्यक्रम हो, कुन उद्देश्य हो, थाहा छैन । नीति, उद्देश्य र कार्यक्रमका बारेमा कहीँ कतै उल्लेख छैन । फेरि इशारा वा आदेश पर्खिएको हो कि ? सरकारको प्राथमिकतामा विभिन्न अपराधका आरोपीहरू छुट्ने क्रम बढ्दो छ । फैसलाबाट आरोप र अभियोग लगाउन मिल्दैन भन्ने तथ्यहरू बाहिर आइरहेका छन् । सरकारको प्राथमिकता यही हो ?’ भण्डारीले प्रश्न गरे ।
एमालेकै सांसदद्वय निरा जैरु र पार्वती विशुंखेले प्रतिनिधि सभा पुनःस्थापित गर्ने सर्वोच्च अदालतको कदमको स्वागत गरे ।
सांसद जैरुले सर्वोच्च अदालतले संविधानको रक्षा गर्दै प्रतिनिधि सभाका २७४ सांसदको पद जोगाइदिएको टिप्पणी गरिन् ।
सांसद विशुंखेले प्रतिनिधि सभा पुनःस्थापना भएकोमा सबै लोकतन्त्र पक्षधरलाई धन्यवाद, न्यायालयलाई सम्मान र सांसदलाई बधाई दिइन् ।
उनले पुनःस्थापित प्रतिनिधि सभालाई जीवन्त बनाउन संसद्लाई बिजनेस दिन सरकारको ध्यानाकर्षण गराइन् ।
एमाले संस्थापन पक्षका सांसदहरूले सरकारलाई जनादेश नभई परमादेशको सरकार भनेर व्यंग्य गर्ने गरेका छन् भने कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षले सरकारको बचाउ गर्ने गरेका छन् ।
प्रतिनिधि सभाको बैठक साउन १९ गतेसम्मका लागि स्थगित भएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...