×

NMB BANK
NIC ASIA

सुन्दरहरैचामा पनि खोपमा अनियमितता– मेडिकलमा लगेर नेता र आफन्तलाई लगाइयो

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मध्यरातमा कोरोनाविरुद्धको खोप बोकेर कांग्रेस कार्यकर्ताको घर पुगेपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा तानिएको घटना सेलाउन नपाउँदै मोरङकै सुन्दरहरैचा नगरपालिकामा खोप अनियमितताको अर्को घटना बाहिरिएको छ ।

Muktinath Bank

सुन्दरहरैचाका एक स्वास्थ्य कर्मचारीको निजी मेडिकलमा लगेर जनप्रतिनिधिका आफन्त तथा नेताहरूलाई खोप लगाएको घटना बाहिरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिर्गौलिया स्वास्थ्यचौकीका प्रमुख माधव रेग्मीको निजी सीता मेडिकलमा लगेर कोरोनाको खोप लगाउने गरेको पाइएको हो । 


Advertisment
Nabil box
Kumari

सुन्दरहरैचाका नगर प्रमुख शिव ढकालसँगको मिलेमतोमै रेग्मीको मेडिकलमार्फत खोपको दुरुपयोग हुने गरेको स्थानीय जनप्रतिनिधिकै आरोप छ ।

Vianet communication
Laxmi Bank

नाम नबताउने शर्तमा सम्पर्कमा आएका ती जनप्रतिनिधिले गएराति पनि नेता र जनप्रतिनिधिका आफन्तलाई खोप लगाइएको जानकारी दिए ।

स्रोतका अनुसार मेडिकलमा नेताहरू गोपाल थापा, केदार गुरागाईं लगायतलाई खोप लगाइएको थियो ।

वडा नम्बर १० का वडाध्यक्ष राजेश थापाले मेडिकलमा खोप लगाइएको बताए । 

यता नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी मचिन्द्र बस्नेतले आफूलाई थाहा नै नदिई कर्मचारीले खोपमा अनियमितता गरेको हुन सक्ने बताएका छन् ।

मेडिकल सञ्चालक समेत रहेका माधव रेग्मीले भने आफ्नोमा खोप नलगाइएको जिकिर गरे । यद्यपि उनको मेडिकलमा खोपका बट्टाहरू यत्रयत्र छन् ।

‘म पनि स्वास्थ्यमा काम गर्ने कर्मचारी भएकाले खोप बोक्ने भ्याक्सिन क्यारिअर आउँदा र खोप लैजाँदा बट्टा निकालेर फालेका हुन्, अरू केही होइन,’ उनले भने ।

खोप जति वडाध्यक्षहरूले हडप्ने गरेको उनको आरोप छ ।

यता नगरपालिकाकी उपमेयर धना तामाङले  यस विषयमा आफूलाई जानकारी नभएको बताइन् ।

मेयर शिव ढकालसँग पटक–पटक सम्पर्क गर्न खोज्दा कुराकानी हुन सकेन ।

पछिल्लो समय स्थानी तहका जनप्रतिनिधिहरूले खोपमा अनियमितता गर्न थालेका छन् ।

विराटनगरका मेयर भीम पराजुलीले खोपमा  अनियमितता गरेपछि युवाहरूले महानगरको गेटमै नाराजुलुस गरेका थिए ।

उक्त घटनाले देशव्यापीरूपमा चर्चा पाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x