तुइन काटेर एक नेपाली बेपत्ता बनाएको घटनामा कांग्रेसले भन्यो– तत्काल भारतसँग कुरा होस्

दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा एक नेपाली बेपत्ता भएको विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार विज्ञप्ति जारी गर्दै भारतीय पक्षसँग तत्काल यस विषयमा कुरा गर्न र पीडित परिवारलाई राहत दिन माग गरेका हुन् ।


Advertisement

'आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु,' शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतीय एसएसबीले तुइन काटिदिँदा महाकालीमा खसेर दार्चुलाका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्