कोरोना विरुद्धको खोप ल्याउनका लागि सरकारले दियो निजी क्षेत्रलाई स्वीकृति

सरकारले कोरोना भाइरस विरुद्धको खोप आयात गर्नका लागि निजी क्षेत्रलाई स्वीकृति दिएको छ । 


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रलाई पनि खोप आयातका लागि स्वीकृत दिएको जनाएको हो । 


Advertisement

मन्त्रालयले भनेको छ,‘खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरू उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरि स्वीकृति दिइसकेको जानकारी गराउँदछौँ ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्