अत्तरखेलमा ट्रकको ठक्करबाट एक जनको मृत्यु

गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।


Advertisement

शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाइ बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


Advertisement

सिन्धुपाल्चोक जलविरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्