८ दिन थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको सङ्क्रमण दर पुनः बढ्न थालेपछि यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ ।


Advertisement

सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज राति १२ बजेदेखि लागू हुने निषेधाज्ञालाई निरन्तरता दिनुभएको हो । पछिल्लोपटक यही साउन २२ गते राति १२ बजेसम्म (आठ दिन) का लागि निषेधाज्ञा थप गरिएको छ ।


Advertisement

 जिल्ला प्रशासन कार्यालयका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्यहरु, बैंक तथा वित्तीय संस्थाहरुलाई निर्वाध सञ्चालन गर्न सकिने छ । तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म, खाद्यान्न पसल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरिएको छ ।  सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्