×

NMB BANK
NIC ASIA

कोरोनाको तेस्रो लहरविरुद्ध सरकारी तयारी तीब्र

साउन १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर शुरू हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ ।


Advertisment
Nabil box
Kumari

डा. पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड पनि विस्तार गर्न लागेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनले देशभर थप १ हजार ४०० एचडीयू बेड विस्तार गर्न लागिएको बताए । हाल देशभरका सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजी क्षेत्रका अस्पतालमा ७७८ एचडीयू बेड सञ्चालनमा रहेका छन् ।

पौडेलले भेन्टिलेटरहरूको संख्या ९०४ पुर्‍याइएको र १८० थप्न लागिएको जानकारी दिए । कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले ५ हजार ५०० अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिए ।

यस्तै ३ हजार ५०० अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा रहेको जानकारी गराए । डा. पौडेलले ६ हजार ३७७ अक्सिजन सिलिन्डर थप गरिएको बताए । १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजनाअन्तर्गत ३ वटाको कार्य सम्पन्न गरिएको बताए ।

उनले विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई कोभिड–१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए । मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालसम्म भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त १ लाख, भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा कोभ्याक्सबाट प्राप्त ३ लाख ४८ हजार मात्रासहित कूल २४ लाख ४८ हजार कोभिसिल्ड खोप प्राप्त भएको जानकारी दिए ।

चीनबाट अनुदानमा प्राप्त १८ लाख मात्रा तथा नेपालले चीनको साइनोफार्म कम्पनीसँग गरिएको खोप खरिदको सम्झौता अनुसार ४० लाख मात्रा गरी कूल ५८ लाख मात्रा भेरोसेल खोप आपूर्ति भइसकेको बताए । अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एन्ड जोन्सनबाट १५ लाख ३४ हजार ८५० मात्रासहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको बताए ।

डा. पौडेलले चीनको साइनोफार्म कम्पनीसँग ६० लाख मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको बताए । जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख मात्रा र भारतबाट खरिदको बाँकी १० लाख मात्रा प्राप्त हुँदा असोज मसान्तभित्र कूल १ करोड ८३ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त हुने उनले जानकारी दिए ।

उनले कोभ्याक्सबाट १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको बताए । गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हँुदै जाँदा चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरूको पहँुचमा खोप पुग्ने बताए ।

उनले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरू उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x