
पतिपत्नीले एकअर्काबाट लुकाउनुपर्ने गोप्य कुरा के नै हुन्छ र ? यस्तै सोच्नेहरूलाई गलत साबित गरिदिने खबर यूएईबाट आएको छ ।
सुटुक्क पतिको मोबाइल समातेर गोप्य म्यासेज पढ्ने पत्नीलाई त्यहाँको अदालतले जेल सजाय तोकेको छ ।
इन्डिया टाईम्सका अनुसार यूएईको रस अल खिमाह अदालतले पतिका गोप्य म्यासेज पढेको अभियोगमा पत्नीलाई दोषी ठहर गरेको छ । दोषी ठहर भएकी महिलाले पतिकी पूर्व पत्नीसँगको गोप्य कुरा पढेर छोरीलाई सुनाउने गरेकी थिइन् ।
अदालतले ती महिलालाई १ महिना जेल र साढे २ लाख रुपैयाँ जरिवाना तोकेको समाचारमा उल्लेख छ । पत्नीलाई गोपनीयता भंग गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
दोस्री पत्नीले गोप्य कुरा हेरेकै कारण पहिली पत्नीसँग सम्बन्धविच्छेद भएको थियो । पतिले ८ लाख रुपैयाँ मागेपनि अदालतले त्यति पैसा जरिवाना गरेन ।