
जिल्ला प्रहरी कार्यालय बर्दियाले फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ ।
बर्दिया जिल्ला अदालतको २०७२ चैत ९ गतेको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जनही पाँच हजार जरिवानाको आदेश भएपछि फरार रहेका कसूरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।
त्यस्तै जिल्ला अदालतको २०७७ पुस १५ गतेको आदेशले सवारी ज्यान मुद्दामा दुई महिना चार दिन कैद सजाय तोकिएपछि फरार रहेका बारबर्दिया नगरपालिका–८ का २७ वर्षीया सुमन चौधरीलाई पक्राउ गरिएको छ ।
चौधरीलाई इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।