
सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ ।
यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो । मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै अन्य मन्त्रालयमा पनि सचिव हेरफेरको तयारी रहेको स्रोतले बतायो ।
गृह मन्त्रालयमा एकनारायण अर्याललाई लैजाने सम्भावना रहेको स्रोतले बतायो ।
बिहीवारकाे मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेको थियो ।
यस्तै स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।