२६ जेठ २०८३, मंगलबार

दीपिका र रणवीर पुगे अस्पताल, फ्यानहरूले दिए बधाई

दीपिका र रणवीर पुगे अस्पताल, फ्यानहरूले दिए बधाई

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह अस्पताल गएको तस्वीर सार्वजनिक भएको छ । 

सामाजिक सञ्जालमा रणवीर–दीपिका साथमा हिन्दूजा अस्पतालबाट बाहिर निस्किरहेको तस्वीर भाइरल भइरहेको छ । उनका समर्थकहरूले सामाजिक सञ्जालमा बधाई दिएका छन् । 

समाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्भवती भएको अनुमान लगाउँदै बधाई दिएका हुन् । 

तस्वीरमा दीपिका र रणवीर एक कारमा बसेको देख्न सकिन्छ । यद्यपि उनीहरूले मास्क लगाएका छन् । 

पछिल्लो समय उनी गर्भवती भएको चर्चा पनि चलेको छ । यद्यपि उनीहरूले भने यसबारे केही बताएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्