कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
भक्तपुरको कमलविनायक नजिकै रहेको पुलको छेउमा बा ९५ प ४१६८ नम्बरको रातो कालो १५० सीसीको मोटरसाइकल रोकियो । चालक एकछिन त्यहीँ बसेर यताउता हेर्दै थिए ।
हुलियाको आधारमा मोटरसाइकल चोर खोज्दै महानगरीय ट्राफिक प्रहरीको सादा पोसाकका प्रहरी टोली पनि त्यहीँ पुगेको थियो ।
सादा पोसाकको प्रहरी नजिकै पुगेर सोध्यो– ‘यो मोटरसाइकल तपाईंको हो ?’
‘होइन’ चालकले जवाफ फर्काए ।
‘कसको हो त ?’
‘मेरो साथी दीपेन्द्र भुजेलको’ पक्राउ परेका विशेष लिम्बुले प्रहरीलाई भने ।
भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काले प्रहरीमा बा ९७ प १३०५ नम्बरको मोटरसाइकल हराएको उजुरी ट्राफिक प्रहरीमा दिएका थिए । त्यसपछि प्रहरीले सीसीटीभीको माध्यमबाट देखिएको हुलिया र पक्राउ परेका विशेषको हुलिया मिलेका कारण उनको ६ दिनदेखि पिछा गरिरहेको थियो ।
त्यसपछि प्रहरीले दीपेन्द्र भुजेल भएको ठाउँमा पुग्यो तर उनले पनि आफ्नो साथी विकल थापाको भएको बताए । त्यसपछि उनीहरू भक्तपुरमा रहेको विकल थापाले सञ्चालन गर्दै आएको मोटरसाइकल ग्यारेजमा पुग्यो ।
प्रहरीले विभिन्न ठाउँमा मोटरसाइकल चोरी भएको हुलिया मिलिसकेको थियो । प्रहरीले तीनै जनालाई पक्राउ गरेर ल्यायो ।
अनुसन्धानको क्रममा तीन जना भक्तपुरको एउटा कलेजमा ‘ब्याचलर’सँगै पढ्ने गरेको खुल्यो ।
रामेछापका १९ वर्षीय दीपेन्द्र, ताप्लेजुङका १९ वर्षीय विशेष र धनुषा मिथिलाका २१ वर्षीय विकल एउटै कक्षामा पढ्ने विद्यार्थी भएको प्रहरीले जनाएको छ ।
‘अनुसन्धानको क्रममा भक्तपुरमा एउटै विद्यालयमा पढ्ने विद्यार्थी रहेछन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले भने ।
पक्राउ परेका सबै जना पहिला मोटरसाइकल सोरुममा एकै ठाउँमा काम गरेका रहेछन् । पछि विकलले मोटरसाइकल मर्मत सेन्टर खोलेर बसेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार दुई जनाले उपत्यकाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने र रिकन्डिसनबाट मोटरसाइकल किनेर विकलको मर्मत सेन्टर नयाँ पाटपुर्जा हालेर महँगोमा अनलाइनमार्फत् बिक्री गर्दै आएको खुलेको छ ।
‘उपत्यकामा भएका मोटरसाइकल रिकन्डिसनमा सस्तोमा किन्ने गरेको र त्यसलाई उनीहरूकै मिलेमतोमा अनलाइनमार्फत् बिक्री गर्ने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने ।
उनीहरूले बिक्री गरेर आएको पैसाले कलेजको पढाइ खर्च जुटाउँदै आएको प्रारम्भिक अनुसन्धानमा बताएको महाशाखाले जनाएको छ ।
लकडाउनको समयमा रोजगारी गुमेपछि मोटरसाइकल चोरीमा संलग्न भएको देखिएको एक प्रहरी अधिकारीले बताए ।
उनीहरूका अन्य सदस्यहरू फरार रहेकाले उनीहरूलाई खोजी गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरी उनीहरूको साथबाट नम्बर परिवर्तन गरिएको बा ९१ प ८६७२ (वास्तविक नम्बर बा ९६ प ८८३६) र बा ९५ प ४१६८ (वास्तविक बा ९७ प १३०५) नम्बरको मोटरसाइकल बरामद गरेको थियो।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...