२६ जेठ २०८३, मंगलबार

एनएमबि बैैंकको नयाँ बचत योजना ‘एनएमबि इन्भेष्टर सेभिङ्स’, लगानीकर्ताहरुको लागि सुवर्ण अवसर

एनएमबि बैैंकको नयाँ बचत योजना ‘एनएमबि इन्भेष्टर सेभिङ्स’, लगानीकर्ताहरुको लागि सुवर्ण अवसर

एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै विषेश सुविधायुक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ । 

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा संगसंगै परामर्ष सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।      

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागी [email protected] मा इमेल वा ०१–५९७१५० मा गर्न सकिनेछ । 

  
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । 
 

salt training

कमेन्ट गर्नुहोस्