महाराजगञ्जबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान नहटाउन माग गर्दै प्रधानमन्त्रीलाई १४ पूर्वआईजीपीको ज्ञापन पत्र

१४ जना पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)हरूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट नहटाउन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । 


Advertisement

तत्कालीन सरकारले २०७५ भदौ २१ गते राष्ट्रपति कार्यालयका लागि हेलिप्याडलगायतका भौतिक संरचना बनाउन सो प्रतिष्ठान महाराजगञ्जबाट हटाउने निर्णय गलत भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन्। 


Advertisement

‘राजधानीको केन्द्रमा रहेको सुरक्षा अंग हटाएर हेलिप्याड बनाउने योजना गलत हो। नेपाल प्रहरीका लगभग ८० हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्व प्रहरी कर्मचारीहरूको ऐतिहासिक एवं भावनात्मक सम्बन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (१३०-३-०-० रोपनी ) र प्रहरीका पुर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्तिसमेत राष्ट्रपति कार्यालयको सुविधा बढाउनका लागि तत्कालीन नेपाल सरकारले २०७५।०५।२१ गते गरेको निर्णय अदूरदर्शी,अव्यवहारिक र पूर्णतः अवैज्ञानिक छ, ’ भन्दै ज्ञापन पत्र बुझाएका हुन्। 

नेपाल प्रहरीमा भर्ना भएका लगभग सबै प्रहरीले प्रतिष्ठानबाट तालिम लिएर सेवामा प्रवेश गर्ने गर्छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्