कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै

नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको  छ ।


Advertisement

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको आज भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद एक÷दुई दिनमै निरुपण गर्ने सहमति गरेको हो ।


Advertisement

    क्रियाशील सदस्यता छानविन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरूको बैठक सकारात्मकरुपमा अघि बढेको छ र विवाद छिट्टै निरुपण हुने बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्