×
Bajaj Top
Khukuri
FONEPAY

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडाैं | साउन २१, २०७८

NTC
तस्वीर सौजन्य : राजधानी दैनिक
TVS INSIDE

 संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।

Sanima Bank
morang Auto yamaha

यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।

छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।

हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।

अनुसन्धानको दायरामा लिइएका केही प्रहरी अधिकारीलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ मा आन्तरिक थुनामा राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । प्रश्नपत्र आउट भएपछि डीएसपी खड्कासहित आठ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएको बताइन्छ ।

प्रधान कार्यालयबाट साइबर ब्युरोमा सरुवा भएका कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको अनुसन्धानमा खुल्न आएको छ । यस्तै, यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको पनि सो प्रकरणमा संलग्नताको आशंका छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

उपत्यकामा कोरोनाको नयाँ लहरले सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि  यहाँका स्थानीय तहले उच्च सतर्कता अपनाएको दाबी गरेका छन् । अहिले देखिएका सङ्क्रमितको  स्वास्थ्य  अवस्था  सामान्य भएको  र  ज...

माघ ३, २०७८

पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर ब...

माघ २, २०७८

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ। काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल पर...

माघ ३, २०७८

रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यान...

माघ २, २०७८

पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड बढेको छ । सरकारले विद्युतीय राहदानीको प्रचलन सुरु गरेसँगै राहदानी बनाउनेको चाप थपिएको छ । भीडलाई व्यवस्थित गर्न...

माघ २, २०७८

उपत्यकाका सडकले अब सवारीसाधन धान्न नसक्ने भएका छन् । अत्यधिक सङ्ख्यामा सवारीसाधन भित्रिँदा सबैजसो सडक साँघुरो हुन थालेका छन् । सवारीसाधनको चापले सडक अवरुद्ध हुँदा समयमा गन्तव्य स्थल पुग्न अब कठिन भइसकेको छ । ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...