×

NMB BANK
NIC ASIA

सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने

साउन २१, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ ।

Muktinath Bank

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिए । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।


Advertisment
Nabil box
Kumari

एक बेन्च एक परीक्षार्थी
बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ ।

Vianet communication
Laxmi Bank

यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताउँछन् । सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ ।

परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ । केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ ।

शङ्का लागे अलग्गै परीक्षा
विद्यार्थीलाई कोरोना भाइरसको कुनै शङ्का लागेको भए अलग्गै कोठामा राखेर परीक्षासमेत लिइनेछ । शङ्का लागेका विद्यार्थीलाई मात्र अलग्गै आइसोलेट गरेर परीक्षा लिइने जानकारी उनले दिए । विद्यार्थीले सङ्क्रमणकै कारण परीक्षा दिन नपाउने अवस्था भए नियमित परीक्षा सकिएपछि पुनः परीक्षा लिइनेछ । कोरोना लागेकै कारण पनि विद्यार्थी परीक्षाबाट वञ्चित हुनु नपर्ने उनले बताए ।

यी विद्यार्थीको परीक्षाफल पनि नियमित विद्यार्थीसँग एकसाथ गरिनेछ । यसका साथै कोरोना लागेका कारण परीक्षा दिन नपाएका विद्यार्थीले होम सेन्टरबाटै परीक्षा दिनसमेत पाउनेछन् । अन्य विद्यालयमा परीक्षा दिन जान सम्भव नहुने भन्दै होम सेन्टरको व्यवस्था मिलाइएको हो ।

शैक्षिक क्यालेन्डर नबिगार्न सुझाव
बोर्डले समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुने गरी परीक्षा स्थगित गर्न नहुने सुझाव सरकारलाई दिएको छ । विगतमा पनि आफूहरूले सङ्क्रमणकै बीचमा कक्षा १२ को परीक्षा सञ्चालन गरेको र त्यसले विश्वविद्यालय तहको स्नातक तहको शैक्षिक सत्र सुचारु हुन पुगेको उल्लेख गर्दै यस पटक पनि शैक्षिक क्षेत्र प्रभावित पार्न नहुने अध्यक्ष पौडेलले बताए । बोर्डको कार्यतालिकाअनुसार परीक्षा लिन सकिए दशैँसम्म नतिजा प्रकाशित गरी तिहारपछि स्नातक तहको कक्षा सुरु हुन सक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

कोरोनाका कारण परीक्षा गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालय स्नातक तहको पहिलो वर्षको परीक्षा हाल सञ्चालन गरिरहेको छ । स्नातक तहमा २० महिना पढेपछि विद्यार्थीले बल्ल परीक्षा दिन पाएका हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)का महासचिव सुवास न्यौपानेले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने बताए । बोर्डले साउन ३१ बाट कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सञ्चालन गर्दै छ ।

परीक्षाका लागि चार हजार ३३५ वटा परीक्षा केन्द्र तोकिएको छ । यसअघि बोर्डले गत वैशाख २६ बाट परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो तर कोरोना सङ्क्रमणका कारण परीक्षा सञ्चालन हुन सक्ने अवस्था नरहेको भन्दै सरकारले परीक्षा सार्ने निर्णय लिएको थियो ।

यसैबीच बोर्डले कक्षा १२ को परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन परीक्षामा सहभागी हुने सबै विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x