×

NMB BANK
NIC ASIA

६० देशमा एनआरएनएको निर्वाचन सम्पन्न, कहाँ–कहाँ निर्विरोध नेतृत्व चयन भए ?

साउन २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा धमाधम राष्ट्रिय समन्वय परिषद्को निर्वाचन भइरहेको छ।  संघका महासचिव हेमराज शर्माका अनुसार हालसम्म राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि  निर्वाचन सम्पन्न भएको हो ।
हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषद लामो समय देखि निष्क्रिय रहेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

Muktinath Bank

निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको उनले बताए ।  निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन भएका छन् भने विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी रहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शर्माका अनुसार यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको उनको भनाइ छ । यस्तै डेनमार्कको निर्वाचन यही ७ अगष्टमा,  पोर्चुगलमा ८ अगष्ट र  स्लोभानियामा १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।


Advertisment
Nabil box
Kumari

आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेको १ लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेको उनको भनाइ छ । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको विधानमा व्यवस्था भए बमोजिम पठाउनु पर्नेछ । त्यसका लागि प्रक्रिया सुरु भइसकेको  बताउँदै उनले प्रतिनिधि चयन संघको विधान अनुरुप गर्नर गराउन यसअघि नै आग्रह गरिएको बताए ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय समन्वय परिषद्हरुका निर्वाचन सम्बन्धि विवरण

१ अफ्रिका क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया

२ अमेरिकाज् क्षेत्र

            सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका

            अनलाइन : चिली र अमेरिका

            भौतिक : क्यानाडा

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: लेसोथो, लिविया, मालावी, दक्षिण सुडान

३ एसिया प्रशान्त क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।

अनलाइन : चीन, जापान र दक्षिण कोरिया

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु :  ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया

४ यूरोप क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड

अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके

भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: ब्राजिल

५ मध्यपूर्व क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार

अनलाइन : बहराइन र साउदी अरेबिया

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन

६ओसेनिया क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड

अनलाइन : अष्ट्रेलिया

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्: भानुआटु

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x