साउन ११, २०७९
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजन प्लान्ट जडानदेखि मर्मतको काममा व्यापक अनियमितता भएको पाइएको छ । ठेक्का पाएको कम्पनीले सम्झौता भएको १२० दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्नेमा सम्झौता भएको ५ ...
विराटनगर | साउन २१, २०७८
१ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले कानूनी प्रावधान विपरीत २ वटा गाडी प्रयोग गर्ने गरेका छन् ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सभामुखले एउटा गाडी सुविधा पाउने व्यवस्था गरिएको छ । ऐनको अनुसूची १ मा पदाधिकारी तथा सदस्यले पाउने सुविधामा उल्लेख गरिएको छ ।
सभामुख भण्डारीले इसुजी मक्स जीप र क्रेटा कार गरी २ वटा सवारीसाधन प्रयोग गर्ने गरेका छन् । को१ज ६६६ नम्बरको इसुजी मक्स जीप र प्र १–१–०२–००१झ–००१० नम्बरको कार सभामुख भण्डारीले प्रयोग गर्ने गरेका प्रदेशसभा सचिवालयले जनाएको छ ।
इसुजी मक्स जीप १ करोड ३६ लाख ९० हजार रुपैयाँ र कार ३८ लाख ४६ हजार १ रुपैयाँमा खरिद गरिएको सचिवालयले जनाएको छ ।
प्रदेशका पदाधिकारी बिलासी भएका र काम केही नदेखिएको भन्दै संघीयताको आलोचना भइरहेका बेला सभामुख भण्डारीले कानून विपरीत सवारीसाधन सुविधा लिएका छन् । सभामुखलाई प्रतिमहिना १२५ लिटर डिजेल दिने व्यवस्था ऐनमा छ तर सभामुख भण्डारीले हरेक महिना दुवै गाडीका लागि १२५/१२५ लिटर गरी कूल २५० लिटर डिजेल लिने गरेका छन् ।
सभामुख भण्डारीले एउटा मात्रै गाडी प्रयोग गर्ने गरेको दाबी गरे । को१ज ६६६ इसुजी मक्स जीप मात्रै प्रयोग गर्ने गरेको भण्डारीले दाबी गरे । ‘मैले प्रयोग गर्ने गाडी बिग्रेको समयमा मात्रै अर्को प्रयोग गर्ने गरेको छु,’ उनले भने । तर सचिवालयका अनुसार दुवै गाडीका लागि सभामुख भण्डारीले २५० लिटर डिजेल हरेक महिना लिने गरेका छन् ।
१ नम्बर प्रदेश सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले घरभाडाको सट्टा घर मर्मत शीर्षकमा ६० हजार रुपैयाँ लिएका संसद सचिवालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा वार्षिक ८६ हजार ८९६.५५ रुपैयाँ प्रतिव्यक्ति घरभाडा बुझेका सांसदले पछिल्ला वर्षमा बढेको घरभाडा बुझेका छन् । आव २०७५/०७६ मा सुविधा बढाएर सांसदले वार्षिक १ लाख ८० हजार रुपैयाँ घरभाडा बुझेका थिए । आव ०७६/७७ मा घरभाडा सुविधा फेरि बढेर वार्षिक २ लाख २८ हजार रुपैयाँ पुग्यो । आज ०७७/७८ मा समेत सांसदले बढेकै घरभाडा वार्षिक २ लाख २८ रुपैयाँ बुझेका छन् । आव ०७४/७५ मा वार्षिक ८६ हजार रुपैयाँ रहेको सांसदको घरभाडा तेस्रो आव २०७६/७७ मा तेब्बर बढेर २ लाख २८ हजार पुगेको देखिन्छ । प्रदेशका १ जना सांसदले घरभाडाबापत ४ वर्षमा ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीका बेला अधिकांश सांसद आफ्नै घरमा बसेर घरभाडा लिएका छन् । महामारीका बेला सर्वसाधारणलाई अक्सिजनको अभाव, खाद्यान्नको अभाव, आर्थिक संकट भइरहँदा सांसदहरू सेवासुविधा बढाएर राज्यस्रोतको दोहनमा लागेका छन् ।
‘धेरै माननीयज्यूहरू आफ्नै घरमा बस्नुहुन्छ तर घरभाडा बुझ्नुहुन्छ,’ संसद सचिवालयका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘कानूनले पाएको भनेर छाड्दैनन्, घरभाडा त कहाँ छाड्नु, १० रुपैयाँको एउटा मास्क पनि माननीयज्यूहरूले छाड्नुहुन्न ।’
मोरङको विराटचोक घर भएका १ नम्बर प्रदेशका वन, उद्योग तथा पर्यटन राज्यमन्त्री राजकुमार ओझालाई पार्टीका कार्यकर्ताले निवासको सुविधा नलिन सुझाव दिएका थिए । मन्त्री ओझाले १ महिनासम्म आफ्नै घरमा बसेर मन्त्रालय आउने–जाने गरे । आफ्नै घरमा आफैं बसेको घरभाडा मन्त्री ओझाले लिएका छन । मन्त्री ओझाले मासिक २४ हजार रुपैयाँ घरभाडाबापत लिएका मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री ओझाले १ महिनासम्म भान्से नियुक्त गरेर घरायसी काममा प्रयोग गरेका थिए ।
झापा, मोरङ र सुनसरीका सांसदहरू आफ्नै घरबाट संसद भवन आउने गरेका छन् भने पहाडी जिल्लाका केही सांसदको घर इटहरी, विराटनगर, धरान, बिर्तामोड, दमक लगायत बजारमा छन् ।
आफ्नै घरमा बसेका केही सांसदले भने घरभाडा बापतको सुविधा लिएका छैनन् । घरभाडा नलिने सांसदमा चुमनारायण तवदार, जीवन घिमिरे, विद्यानन्द चौधरी, सावित्राकुमारी रेग्मी छन् । यी सांसदले प्रदेशसभा शुरू भएदेखिको घरभाडा लिएका छैनन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजन प्लान्ट जडानदेखि मर्मतको काममा व्यापक अनियमितता भएको पाइएको छ । ठेक्का पाएको कम्पनीले सम्झौता भएको १२० दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्नेमा सम्झौता भएको ५ ...
पछिल्लो ४ महिनामा विशेष अदालतले फैसला गरेकामध्ये ८३ प्रतिशत भ्रष्टाचार मुद्दामा प्रतिवादीलाई सफाइ दिएको पाइएको छ । अध्यक्ष श्रीकान्त पौडेलको नेतृत्वमा विशेष अदालतमा आएका ६ न्यायाधीशको टोलीले ४ महिनामा ...
दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्था...
भवन निर्माणमा भएको अनियमिततासम्बन्धी प्रकरणमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच द्वन्द्वको स्थिति उत्पन्न भएको छ । काठमाडौंको रामशाहपथमा सर्वोच्च अदालतले निर्माण गरिरहेको भवनमा भ्रष्टाचार भएको व...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनाधिकृत व्यक्ति तथा संस्था समेतले वर्षौंदेखि प्रतिष्ठानको क्वार्टर प्रयोग गरिरहेको पाइएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापक, चिकित्सक, कर्मचारीलगायतले मात्र आवास...
नुवाकोटमा सरकारी जंगल नै व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । ठूल्ठूला साल, आँप, जामुनसहित अन्य विभिन्न प्रजातिका रुखहरू रहेको ३ रोपनी ६ आना क्षेत्रफलको सरकारी जंगल नै व्यक्तिको नाममा दर्ता गरिएको खुलेको ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...