×

NMB BANK
NIC ASIA

निकम्मा प्रदेश १ सरकार- साढे तीन वर्षमा पनि जुरेन नाम !

साउन २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ सरकार गठन भएको साढे तीन वर्ष पुग्यो । तर, अझै पनि प्रदेशको नामकरण भने हुन सकेको छैन । 

Muktinath Bank

अहिले नामकरणकै विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षी दलहरूले प्रदेश सरकारले नामको विषयमा चासो नदिएको आरोप लगाउँदै आइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने उद्घोष गरेका थिए । केही दिनअघि नामकरणका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग मुख्यमन्त्रीले छलफल पनि गरे । तर, त्यसपछि भने उनी मौन छन् । 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्रीले अहिलेसम्म गरेका छलफलले चिया खाने बाहेक कुनै उपलब्धि नभएको माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्वोले बताए । उनले एमालेभित्र नै नामको विषयमा विवाद भएका कारण समस्या भएको आरोप लगाए । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सचेतक केदार कार्कीले पहिला दुई तिहाइको उन्मादले र अहिले आफैंभित्रको झगडाका कारण प्रदेशको नामकरण गर्न ढिलाइ भएको बताए । 

प्रदेशको नामको विषयमा मुख्यमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग भन्दा पनि परिवारसँग मात्रै छलफल गरेर नामकरण विषयलाई लिएर प्रचार गरिएको उनको आरोप छ ।  

प्रदेशको नामकरणमा सत्तारुढलगायत दलका सांसदहरू भूगोल र पहिचान गरी दुई कित्तामा बाँडिएका छन् । आदिवासी जनजाति सांसदहरू पहिचानको पक्षमा छन् भने ब्राह्मण, क्षेत्री, मधेशी सांसदहरू भूगोलको आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा छन् । नामकरण ढिलाइ हुनुमा यसलाई पनि कारणको रुपमा मानिएको छ । 

प्रदेशको नामकरणका लागि छलफल गर्न सत्तारुढ एमाले संसदीय दल नै अलमलमा छ । एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले एमालेको आन्तरिक किचलो भएका कारण बैठक बोलाउन समस्या भएको बताए । उनले प्रदेशको नामकरण विषयमा पार्टीभित्र कुनै मतभेद नरहेको समेत दाबी गरे । 

प्रदेश १ मा राई–लिम्बू सांसदको संख्या २८, गुरुङ, मगर र दलितको संख्या ३–३, मुस्लिमको २, नेवारको ५, मधेशीको १५ र क्षेत्री, बाहुन सांसदको संख्या ३३ छ । 

पहिचान र भूगोलका विषयलाई लिएर नामकरणको विषयमा भने अहिलेसम्म पनि छलफल भएको छैन । 

विपक्षी दलका सांसदहरूले सरकारले यस विषयमा छलफल नगरेको आरोप लगाइरहेका छन् । सत्ता पक्षका सांसदले छलफललाई अगाडि बढाएको बताउँदै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x