२६ जेठ २०८३, मंगलबार

पुनः स्थापित प्रतिनिधि सभामा ओलीले पहिलोपटक सम्बोधन गर्दै, देउवा उपस्थित हुने

पुनः स्थापित प्रतिनिधि सभामा ओलीले पहिलोपटक सम्बोधन गर्दै, देउवा उपस्थित हुने
फाइल तस्वीर।

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मंगलवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । 

दोस्रो पटक विघटन गरिएको प्रतिनिधि सभा पुनः स्थापना भएपछि ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । 

प्रतिनिधि सभा बैठकको शुरूमै प्रतिपक्षी दलको नेतालाई सम्बोधनको लागि समय मिलाइएको संसद् सचिवालय स्रोतले जानकारी दियो । ओलीले सम्बोधन गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसद्मा उपस्थित हुने भएका छन् । 

प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलको नेता उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ । ओलीले रोष्टममार्फत् सम्बोधन गर्दा समयको पावन्दी तोकिने छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्