२६ जेठ २०८३, मंगलबार

एमालेभित्र लुम्बिनीमा पनि विद्रोह : पार्टी निर्णयविपरीत यी सांसद एक्लै बैठकमा सहभागी

एमालेभित्र लुम्बिनीमा पनि विद्रोह : पार्टी निर्णयविपरीत यी सांसद एक्लै बैठकमा सहभागी
फाइल फोटो

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णयविपरीत १ सांसद संसद् बैठकमा सहभागी भएका छन् । उनी सूर्य चिह्नबाट निर्वाचित सांसद हुन् । 

एमाले संसदीय दलको बैठकले बुधवारको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरे पनि सांसद अजय शाही बैठकमा सहभागी भए ।

सदनमा सत्तापक्षको कुर्सीमा उनी मात्रै थिए । उनले नवलपरासी पश्चिम १(२) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए ।
 
शाही ४ दलीय गठबन्धनको पक्षमा आएका र उनलाई गठबन्धनले स्थान दिने कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले जानकारी दिए ।
 
एमाले संसदीय दलका नेता समेत रहेका शंकर पोखरेलले अल्पमतमा परेसँगै बुधवार राजीनामा दिएका थिए । राजीनामा दिएर संसद् बैठकमा अविश्वासको प्रस्ताव छलेर बैठक नै बहिष्कार गरेको एमालेका शाही बैठकमा सहभागी भए ।

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव संसद्मा पेश भएर निर्णयार्थ प्रस्तुत नभई मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष दिएको राजीनामाको व्यहोरा सुनाएर सकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्