
साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजारमाम दोहोरो अंकले वृद्धि भएको छ । यस दिन १७ अर्ब ५१ करोडभन्दा बढीको कारोबार भएको छ ।
बिहीवार शेयर बजार मापक नेप्से परिसूचक १६.४१ अंकले बढ्दै ३ हजार १ सय ७९ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढ्दै ५९१.१६ विन्दुमा पुगेको छ ।
बिहीवार कुल २ सय २५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन विभिन्न ७ समूहतर्फ कारोबार सूचक बढेको छ भने बाँकी ६ समूहको सूचक ऋणात्मक छ ।
यस दिन विभिन्न ७ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, शाइत रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च वृद्धि हुँदा सर्किट ब्रेक लागेको हो ।
यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढ्न गई सर्किट ब्रेक लागेको छ ।
बिहीवार पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार बढी भएको छ ।
यस कम्पनीको शेयर ६२ करोड ७९ लाख ९७ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।