२७ जेठ २०८३, बुधबार

पोखराका पर्यटन व्यवसायी र मजदूरलाई खोप

साउन २८, २०७८
पोखराका पर्यटन व्यवसायी र मजदूरलाई खोप
प्रतिकात्मक तस्वीर

नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा बिहीवार पोखराका पर्यटन व्यवसायी र मजदूरलाई औपचारिकरूपमा कोभिड विरुद्धको खोप लगाउने अभियान शुरू भएको छ ।

गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा र कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई कार्ड हस्तान्तरण गर्दै खोप अभियानको शुरूआत गरेका हुन् ।
    
पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कार्यक्रममा प्रदेशका अन्य १० जिल्लामा पनि निकट भविष्यमा खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै खोपका कारणले कोही पनि निराश नबनी, उच्च मनोबलका साथ आआफ्नो सेवामा जुट्नका लागि सबैमा अनुरोध गरे ।

पर्यटन व्यवसायीले धेरै अगाडिदेखि खोपको माग गर्दै आएकामा वर्तमान सरकारले उनीहरूको मागअनुसार सम्बोधन शुरूआत गरेको बताउँदै कानूनमन्त्री थापाले व्यवसायीको मागलाई निरन्तररूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । खोपको लागि विभिन्न ५ वटा केन्द्रको व्यवस्था गरिएको थियो ।
 
नेपाल पर्यटन बोर्डमा टान, पश्चिमाञ्चल क्षेत्रीय संघ, एनएमए, ओटेफ र टेवान, माउन्ट कैलाशमा रेवान पोखरा र नेपाल हवाई खेलकूद संस्था, होटल बाराहीमा पश्चिमाञ्चल होटल संघ र पोखरा पर्यटन परिषद्, बोमर्‍याङ रेस्टुरेन्टमा नाट्टा गण्डकी प्रदेश, एगा पोखरा, टेसा पोखरा, एनटीभीए र द बीच रिसोर्टमा भिटोफ, मनि चेन्जर, स्पा, डुंगा एशोसिएसन, टुरिस्ट बूक सप, सिटी टुर गाइड, अखिल मजदूर संघ, युनिट्राभ र फेवा पर्यटन विकास समिति, थान्का एण्ड प्रिन्टिङ, नेशनल टुर गाइड लगायतलाई खोप लगाउने व्यवस्था मिलाइएको परिषद्का कार्यबाहक अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्