×

X
Dabur
Nic Asia
Marvel

‘हेलो सीएम’ कक्षमा गुनासो घट्यो

धनगढी | साउन ३२, २०७८

TVS INSIDE

सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सीएम’ (हेलो मुख्यमन्त्री) कक्षमा नागरिकको गुनासो आउन छाडेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै गुनासो नआएको हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना तथा अनुगमन शाखाका अधिकृत नरेन्द्र शाहले बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘प्रदेश सरकारको अधिकार क्षेत्र र गर्नसक्ने कामका बारेमा जनताको बुझाइमा नै कमजोरी देखियो,’ उनले भने, ‘तर पनि संघीय र स्थानीय तहका सरकार र कार्यालयद्वारा सम्बोधन हुनुपर्ने गुनासो समेत सम्बोधन गर्न गराउन समन्वयकारी भूमिका निर्वाह गरिरहेकै छौं ।’ 
  
आउने गुनासोको सम्बोधनका लागि सम्बन्धित निकायमा लेखी पठाउने गरिएको र प्रदेश सरकार मातहतका कार्यालयमार्फत् सम्बोधन गर्न सकिने गुनासाको सम्बोधन भइरहेको शाहले बताए ।
  
जनताको गुनासो सम्बोधन गर्न र सुझाव प्राप्त गर्न कार्यालयको पहलमा छुट्टै सफ्टवेयर निर्माण भइरहेकोले यो सफ्टवेयर निर्माणपछि गुनासो सम्बोधनको काम प्रभावकारी हुने बताइएको छ । 
  
‘हेलो सीएम’ कक्षका कर्मचारी देवप्रसाद उपाध्यायले गएको मंसिरयता एउटा मात्र गुनासो आएको बताए । ‘मंसिर महिनामा कैलाली जिल्लाको कैलारी गाउँपालिकामा गरिएको सडक कालोपत्र बारेको गुनासो आएको थियो, त्यसयता कसैको पनि गुनासो आएको छैन,’ उपाध्यायले भने, ‘सडक कालोपत्रे सम्बन्धी गुनासो सम्बोधनको पहल गरिएको छ ।’

हेलो सीएम कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्री) टेलिफोन नम्बर १६६०–९१५२७२३ को व्यवस्था गरिएको छ । जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सुशासनको अनुभूति गराउने सोच अनुरूप सुदूरपश्चिम प्रदेश सरकार गठन भएकै वर्ष ‘हेलो सीएम’ कक्षको स्थापना गरिएको थियो ।
 
यो कक्ष सञ्चालनमा आएको शुरूको वर्षमा भने १६९ गुनासो आएका थिए । आएका गुनासोमध्ये १५२ गुनासाको फर्छ्यौट गरिएको थियो । हेलो सीएम कक्ष सञ्चालनको शुरूको वर्षमा सडक पूर्वाधार, विद्युत्, सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अख्तियार दुरुपयोग, कृषि, खानेपानी, वन पर्यटन, मूल्य वृद्धि नियन्त्रण, आर्थिक कारोबार, ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासो पनि बढी संख्यामा आएका थिए ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २५, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुने बताएका छन् । मन्त्री पौडेलले बुधवार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा च...

साउन २५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन् । ५ दिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्...

साउन २५, २०७९

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् । नेकपा एमाले घिरिङ गाउँ कमिटीले बुधवार आयोजना गरेको प्रशिक्षण कार्यक्...

साउन २५, २०७९

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्र...

साउन २५, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...

साउन २५, २०७९

धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।   स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेख...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x