चैत ७, २०७९
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म...
अफगानिस्तानमा अलपत्र परेका तथा फसेका नेपाली नागरिकको उद्धार गर्नका लागि देशभरबाट चासो व्यक्त गरिएको छ ।
प्रतिनिधि सभाको बैठकमा समेत धेरै जसो सांसदहरूले सोमवार माग गरेका छन् । सोमवार नै सरकारले समेत मन्त्रिपरिषद्को बैठकबाट अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्ने निर्णय गरेको छ ।
यस्तो अवस्थामा सबै भन्दा बढी सक्रिय हुनुपर्ने परराष्ट्र मन्त्रालय भने गम्भीर देखिएको छैन ।
अफगानिस्तानमा फसेका नेपाली नागरिक कुन अवस्थामा छन्, कसरी उद्धार भइरहेको छ भन्ने कुराको जानकारी हालसम्म परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन । त्यस सन्दर्भमा लोकान्तरले बिहान ११ बजेदेखि साढे ३ बजे सम्म लगातार प्रवक्ता सेवा लम्साललाई फोन गर्दा पनि फोन उठाएकी छैनन् ।
म्यासेज गर्दा पनि 'क्यान यू कल लेटर, आइ एम इन मिटिङ' जस्ता म्यासेजमा जवाफ मात्र दिने गरेकी लम्सालले फोन उठाएकी छैनन् ।
प्रवक्ताको काम नै सञ्चारकर्मीको फोन उठाएर जानकारी दिनुपर्ने रहेको अवकाश प्राप्त एक सचिवले बताए । 'यस्तो संवेदनशील अवस्थामा परराष्ट्र मन्त्रालयले बुलेटिन जारी गरेर होस् वा प्रेस वक्तव्य जारी गरेर नै किन नहोस् आफ्नो नागरिकको अवस्थाबारे जानकारी गराउनु पर्थ्यो,' ती सचिवले भने,'झन् प्रवक्ताको काम नै फोन रिसिभ गरेर मन्त्रालयको धारणा तथा काम कारवाहीको विषयमा सार्वजनिक गर्नु पर्ने हो ।'
दिनभरमा लोकान्तरले मन्त्रालयका प्रवक्ता लम्सालका साथै सूचना अधिकारी रीता धिताललाई समेत फोन गरे पनि उनले समेत फोन उठाएकी छैनन् ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म...
सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेप...
गोर्खा र लमजुङका स्थानीय लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति गर्न प्रधानमन्त्रीसहितको टोली लर्को लागेर गोरखा पुगेका छन्। उक्त सडक आज (मंगलबार) श...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमामा सर्वोच्च अदालत जाने भएका छन्। राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भ...
नेपाल प्रहरीका २ प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमवार २ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो । अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...