×

X
Nic Asia
Marvel

नक्कली स्मार्ट कार्डसहित २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडाैं | साउन ३२, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

DHARA
LAxmi BAnk

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ बुङमती घर भई हाल जोरपाटी बस्ने ४६ वर्षीय प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका–६ घर भई हाल मुलपानी बस्ने ३१ वर्षीया कल्पना दाहाल छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यातायात कार्यालयबाट जारी गरिने सवारी चालक अनुमति पत्रका नगदी रसिदहरू केही व्यक्तिले सरकारी कागजात दस्तखत कीर्ते गरी रकम लिने गरेको भन्ने विशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

तुलाधरले आफ्नै नाममा रहेको ०१–००–९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमति पत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङमा दिएको थिए ।


Advertisment
Bizbazar
Saurya island

तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको छ । दाहालको साथबाट गीताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र नम्बर ०१–०६–००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ । 

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौं व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई कीर्ते ठगी गर्ने काम गर्दै आएका थिए ।

Vianet communication
IME BANK INNEWS

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानूनी कारबाहीको लागि प्रहरी वृत्त सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज नागढुङगा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्य...

असोज १०, २०७९

ट्राफिक प्रहरीले काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी चालकहरूलाई फूलमाला लगाइदिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका लामो दूरीका सवारी साधनका चालकलाई नयाँ बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्रा...

असोज ९, २०७९

दशैं तिहारलगायतका पर्वमा हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर रूपन्देही प्रहरीले विशेष सुरक्षा योजना ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्व अवध...

असोज १०, २०७९

मादी गाँउपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही गाउँ...

असोज ९, २०७९

धनुषा जिल्लाको नगराइन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० वर्षीय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका झ...

असोज ९, २०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका थाइल्याण्डका नागरिक ३८ वर्षका पोङफोज सिन्सुवान...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x