काबुल विमानस्थलबाट पुनः उड्न थाले विमान

काबुल विमानस्थलबाट पुनः उड्न थाले विमान

विशाल भीडका कारण घन्टौंसम्म उडान बन्द भएकोमा अफगानिस्तानको काबुल विमानस्थलबाट पुनः विमान उड्न थालेका छन् ।


Advertisement

यसैबीच तालिबानका वरिष्ठ नेता अमिर खान मुत्ताकी काबुल पुगेर सरकार बनाउनका लागि वार्ता गरिरहेका छन् ।


Advertisement

आइतवार काबुलमा तालिबानको नियन्त्रण कायम भएपछि विमानस्थलमा मान्छेको ओइरो लागेको थियो । धावनमार्गमा समेत मानिसहरू पुगेका थिए अनि गुडिरहेका विमानमा झुण्डिएका थिए । 

त्यसपछि अमेरिकी सुरक्षाबलहरूले उडानहरू रद्द गराएका थिए । अहिले काबुल विमानस्थलमा अमेरिकी सैनिकहरूको नियन्त्रण छ ।


Advertisement

अफगानिस्तानबाट बाहिर निस्कने कूटनीतिकर्मी तथा नागरिकलाई लिएर सैन्य विमानहरू मंगलवार बिहानबाट पुनः उड्न थालेका छन् । अहिले विमानस्थलको धावनमार्गमा मानिसको भीड छैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्